धान उत्पादन बढाउन शिबसताक्षीका कृषकलाई प्राविधिक सीप सम्बन्धी तालिम

279

शिबगञ्ज, ९ पुस–झापाको शिबसताक्षी–७ चन्द्रडाँगीस्थित चन्द्रडाँगी कृषि फार्मले कन्काइ सिंचाई करिडोरका किसानलाई लक्षित गरेर अभिमुखिकरण तालिम आयोजना गरेको छ ।

शिबसताक्षी–३ धरमपुरको पाराबारीमा बुधबार एक कार्यक्रमको आयोजना गरि किसानहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

कृषि उत्पादन र विकासको प्रचुर सम्भावना भएरपनि भारत लगायत तेस्रो मुलुकबाट चामलसहित अन्य खाद्यन्य आयत गर्नु पर्ने बाध्यतालाई न्युनिकरण गरि कन्काई करिडोरका किसानहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएकाो हो ।

खासगरी, शिबसताक्षीका किसानलाई धान उत्पादन र यसको विकासतर्फ प्रोत्साहन गर्न तालिम आयोजना गरिएको कृषि फार्मका बालि विकास अधिकृत ममता चौधरीले बताईन् । चौधरीका अनुसार कृषकहरुलाई धान उत्पादनमा बृद्धि गराउन र नेपाललाई धान उत्पादनमा आत्मा निर्भर बनाउने उदेश्यसहित तालिम आयोजना गरिएको हो ।

यो कार्यक्रम यस बर्ष एक हजार हेक्टर क्षेत्रफलमा शुरु गरि क्रमक रुपमा क्षेत्राधिकार बडाइने कार्यक्रममा जनाइएको छ । कन्काई करिडोरले शिबसताक्षीको २, ३, ४, ५, ६, ७, ९ र १० वडा समेटेको छ भने कमल गाउँपालीकाको १ नम्बर वडा गौरादहको ९ र गौरिगञ्ज गाउपालीकाको १ नम्बर वडा रहेको छ ।

किसानलाई अभुमुखिकरण कार्यक्रम कमल गाउँपालीकाको वडा नं १ सहित शिबसताक्षीको सवै वडामा यो कार्यक्रम समपन्न भइ सकेको जनाइएको छ ।

Facebook Comments