बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था दमकको पिपल चौकबाट सेवा सञ्चालन हुने

166

दमक, १० पुस–बित्तिय कारोबारलाई विश्वाशिलो बनाउदै छिट्टो र प्रभावकारी ढंङ्गबाट सेवा सञ्चालन गर्ने उदेश्यसहित बिश्वासिशलो बचत तथा ऋण सहकारी संस्थाले दमकको नया स्थानबाट सेवा सुरु गर्न लागेको छ ।

दमक–६ मा रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था भोली शुक्रबारदेखी दमक–६ पिपल चौकबाट नियमित ढंङ्गले वित्तिय कारोबार गर्न लागेको हो ।

विश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशिम राईका अनुसार शुक्रबारदेखी दमकको पिपल चौकबाट सेवा सञ्चालन हुने भएको छ । उनले दमकको पिपल चौकमा सहकारी संस्थामा आगान्तुकहरुको निम्ति पर्याप्त सवारी पाकिङ भएको र सो क्षेत्रमा सहकारी संस्था नरहेकोले बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थालाई स्थानान्त्रण गरिएको बताए ।

साथैं, नयाँ स्थानबाट सेवा सञ्चालन हुने भएपछि बिश्वाशिलो साकोसले आफ्ना समस्त शेयर सदस्य, कर्मचारी, बचतकर्ता, शुभ्भेच्छुक तथा व्यापार व्यवसायीहरुमा पर्न गएको असुविधाप्रति क्षामा समेत मागेको छ ।

सो सहकारी २०६७ सालमा स्थापना भएको हो । साविक दमक–१४ मा स्थापना भएको बिश्वाशिलो साकोस हाल दमक–६ मा सञ्चालन भइरहेको छ ।

Facebook Comments