दमकका युवा व्यवसायी माधव पराजुली एड्भान्स अस्पतालको अध्यक्षमा चयन

121

दमक, १६ पुस–एड्भान्स अस्पताल दमकको अध्यक्षमा सामाजिक अगुवा तथा युव व्यवसायी माधव पराजुली चयन हुनु भएको छ । अस्पतालको भर्खरै पुनर्गठन भएको सञ्चालक समितिले अध्यक्षमा पराजुलीलाई चयन गरेको हो ।

अस्पतालको सञ्चालक समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना र सचिवमा पर्शुराम खरेल चयन हुनु भएको छ । त्यसैगरी, सदस्यहरुमा डाक्टर विकाश सुवेदी, डाक्टर केपि सुवेदी, दिपक खरेल र नारयण केशी चयन हुनु भएको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिनुभयो ।

जुनसुकै रोगका बिरामीहरुले पनि उपचारको लागी अन्यत्र जानु नपर्ने गरी अस्पतालको सेवा बनाउने नव निर्वाचि अध्यक्ष पराजुलीले बताउनु भयो । यस क्षेत्रका नागरिकहरुलाई उपचार नपाएर मर्न नदिने बताउँदै उहाँले ग्रामिण भोगका नागरिकलाई स्वास्थय संस्थामा पहुँच गराउन गाउँ गाउँमै पुगेर स्वास्थ्य शिबिर पनि सञ्चालन गरिरहेको बताउनु भयो ।

२०७३ सालमा स्थापना भएको एड्भान्स अस्पताल ५० वेडको अस्पतालको रुपमा सञ्चालीत रहेको छ । बिभिन्न बिषेशज्ञ स्तरका चिकित्सकहरुबाट सेवा पाईने एड्भान्स अस्पतालमा पछिल्लो समय अत्याधुनिक मेशिनहरुको प्रयोग बाट जटिल प्रकारका रोगहरुको समेत सफल उपचार गरिरहेको छ ।

Facebook Comments