जन आर्दश माध्यमिक बिद्यालयः स्वर्ण महोसत्वको तयारी, हाम्रो भूमिका र जिम्मेवारी

581
फाईल तस्विरः (हाम्रोसरोकार न्यूज) शिबसताक्षी–६ शिबगञ्जस्थित जनआर्दश माध्यमिक बिद्यालय

शिक्षा क्षेत्रको संस्थागत विकास, विस्तार र स्थापनाको दृष्टिकोणले झापामै परिचित छः शिबगञ्जस्थित जनआर्दश माध्यमिक बिद्यालय । झापाको धेरै पुरानो बिद्यालयको रुपमा जनआर्दश पनि एक हो । यहि बिद्यालयमा अध्ययन गरेका दर्जनौ बिद्यार्थीहरु यतिवेला राज्यको महत्वपूर्ण तह र तप्कामा रहेर कार्यकुशलता सम्पन्न गरिसकेका छन् ।

तत्कालिन शिबगञ्ज–१ मा स्थापना भएको जनआर्दश माध्यमिक बिद्यालयले यतिवेला ५२ वर्ष पार गरिसकेको छ । २०२४ सालमा स्थापना भएको बिद्यालयले धेरै आरोह अनि अवरोह गर्दै राज्यलाई दक्ष जनशक्ति र सक्षम नागरिक उत्पादन गरिसकेको छ ।

यहि, बिद्यालय ५० औं वर्ष सफलताका साथ पुरा गरिसकेको अवसरमा स्वर्ण महोसत्व मनाउने तयारीमा छ । यो महत्वपूर्ण अवसरलाई महत्वपूर्ण ढंङ्गमा आत्मासाथ गर्नुमा विकल्प छैन् । यद्धपी, यतिवेला बिद्यालय व्यवस्थापन समिति, बिद्यालयमा कार्यरत शिक्षक–शिक्षिका र जन आर्दश पूर्वविद्यार्थी समन्वय समितिको मात्रै एक्लो प्रयासले यो स्वर्ण महोसत्स जस्तो महत्वपुर्ण कार्यक्रमलाई बृहत र व्यापक रुपले सम्पन्न गर्नु गाह्रो छ ।

यतिका गाह्रो र जटिल बन्दा बन्दै पनि पछिल्लो समय विद्यालयको स्वर्ण महोसत्वलाई एउटा समारोहबीच सम्पन्न गर्न एउटा शक्ति सक्रियताका साथ देखा परेको छ । यो शक्तिको आकार र प्रकारमा केही कमिकमजोरीहरु छन् तर पनि यो शक्तिलाई साथ र सहयोग गर्न जनआर्दशका पूर्वबिद्यार्थीहले तयार हुनै पर्दछ र जरुरी पनि छ ।

यही, समितिले असोज १९ गते जन आर्दशमा एउटा भेटघाटको अवसरमा सहभागि हुने मौका जुरेको थियो । नेपालीहरुको एउटा विशेष चाँड–पर्वको अवसर शुभ बिजया दशमी तथा तिहारको अवसरमा जन आर्दश माध्यमिक बिद्यालयबाट अध्ययत पुरा गरी बिभिन्न तह, तप्का वा क्षेत्रमा रहनुहुने अग्रज तथा जुनियर बिद्यार्थीहरुलाई पूर्नमिलन गरायो । कहिल्यै हुन नसकेको एउटा अवसर जन आर्दश मावि पूर्वबिद्यार्थी समन्वय समितिले जरायो–दशै अनि तिहारमा । यहि, भेट वा समारोहमा सहभागिहरुले धेरै विषयमा आ–आफ्ना जिज्ञासाहरु राखे । सरोकारका विषयमा बिचारहरु व्यक्त गरे । कोहीले सल्लाह दिए । कसैले आर्दशका कुरा मात्रै । अनि, कसैले सकारात्मक बिचार र आ–आफ्नो भुमिका, योगदान र जिम्मेवारीका विषयमा कुरा पनि राखेका थिए ।

यो पक्तिकार पनि सो कार्यक्रममा सहभागि थियो । गर्न गाह्रो तर सल्लाह, सुझाव र बोल्न चाहि सजिलो । यति लामो इतिहास बोकेको बिद्यालयले समयभित्रै स्वर्ण महोसत्व पुरा गर्न नसकिरहेको अवस्थामा केही साथिहरु कम्मर कसेर बिद्यालयको स्वर्ण महोसत्व गर्न मात्रै होइन, बिद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार, बिद्यार्थीको संख्यालाई बृद्धि, खेल मैदान, सोचालय, स्वच्छ पीउने पानी र बिद्यालयको बिगत र बर्तमान चित्रण गरिने स्मारिका प्रकाशन गर्ने लगायतका महत्वपूर्ण बिषयमा काम गरौ भन्ने बिचारले जागरुप भएका साथिहरुलाई म मेरो आफ्नो तर्फबाट सकारात्मक सहयोग र साथ रहने छ ।

तर, समन्वय समितिले अझै धेरै फराकिलो भएर काम गर्न जरुरी छ । औपचारिकताका सिमित रहेर बहस गर्ने क्रममले मात्र यति महत्वपूर्ण कार्य सम्पादन पुरा हुन्छ जस्तो लाग्दैन् । नियमित बैठक र नियमित सम्पर्कले मात्रै यी जटिल र असाधारण कार्य सम्पन्न हुन्छ जस्तो छैन् ।

दशै–तिहारमा आयोजित पुर्नमिलन कार्यक्रममा सहभागिहरुले उठाएका र राखेका जिज्ञासाहरुलाई समितिका साथिहरुले मनन गर्न जरुरी छ । हो, उठेका सवै बिषयहरु जायज र राम्रो नै छ भन्ने होइन तर कतिपय सवालहरु एकदमै मननीय छ । सान्र्दभिक छ । ती विषयमा समितिले छलफल गर्न जरुरी छ । तर, लाग्छ मलाई त्यतिबेला सहभागिहरुले राखेका जिज्ञासाहरु समितिले टिपोटसम्म गर्न भ्याएनन् । या, ती टिपोटहरु कहिकतै फाहोरको बाक्समा पुगिसक्यो ।

समितिले विभिन्न विषयगत उपसमितिहरु समेत गठन गरी जिम्मेवार बाँडफाँड गरिसकेको छ । जिम्मेवारी अनुसार काम कति भयो या भएकोा छैन, यसबारे समन्वय समितिले कुनै एक्सन लिएको छ या छैन् । यो वहाँहरुको हातको कुरा हो । वहाँहरुकै ततबिजमा भर पर्दछ । तर, जिम्मेवार प्रदान गरिसके पश्चात कतिपय कामको प्रगति बिबरणहरु समन्वय समितिले माग्दै गर्नुपर्दछ ।

म पनि यसै बिद्यालयका बिद्यार्थी भएको हैसियतले यी पक्तिहरु लेख्न आँट र हिक्मत गरे । अन्यथा, यसलाई नलिन म बिनम्र आग्रह गर्दछु । शिष्ट र सभ्य भाषमा बिन्ती गर्दछु । म आफ्नो तर्फबाट बिद्यालयको प्रगति, उन्नती, शिक्षा क्षेत्रको विकास र विस्तारसँगै स्वर्ण महोसत्वको निम्ति रचनात्मक तथा सृजनात्मक सहयोग गर्न तयार छु ।

धन्यवाद……

Facebook Comments