बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनमा सेवारोले गर्यो जेष्ठ सदस्य, बिद्यार्थी, कर्मचारी र कारोबारकर्तालाई सम्मान

158

दुधे, २८ पुस–सेवारो बचत तथा ऋण सहकारी संस्थाले सोमबार दुधेस्थित संयुक्त भूपु सैनिकको प्राङ्गणमा तेह्रौ बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । झापाको शिबसताक्षी–११ दुधेमा रहेको सो सहकारी संस्थाले आफ्ना जेष्ठ नागरिक सदस्य, उत्कृष्ट कर्जा, बाल बचत, उत्कृष्ट कर्मचारी, बिद्यार्थी र मोडललाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको छ ।

यसरी सम्मानति हुनेहरुमा जेष्ठ नागरिक सदस्यतर्फ शिबसताक्षी–१० का पुर्णवती उप्रेती, उत्कृष्ट कर्जातर्फ शिबसताक्षी–७ की चम्पादेबी लिम्बू, बाल बचततर्फ शिबसताक्षी–११ का हरिबहादुर मगर र शिबसताक्षी–११ का मेगना केदेम, उत्कृष्ट कर्मचारीतर्फ शिबसताक्षी–१० की तिर्थकुमारी राई सम्मानित भएका छन् ।

त्यस्तैं, शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले संस्थाभित्र सदस्यहरुका छोराछोरीका बिद्यार्थीहरुले एसईईमा उत्कृष्ट अकं ल्याएर उर्तिण गर्नेहरु शिबसताक्षी–११ की विशाल मगर र लक्ष्मी बिमलीलाई पुरस्कृत गरिएको थियो । सानै उमेरमा कला मोडलिङ क्षेत्रमा प्रवेश गरेका शिबसताक्षी–११ का मन्दिप रायमाझीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष सुबेदार धनबहादुर राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अधयक्ष राईले सञ्चालक समितिको तर्फबाट तयार पारिएको आर्थिक बर्ष २०७५।०७६ को प्रगति तथा आगामी योजनासहितको अनुमानित प्रतिवदेन प्रस्तुत गरेका थिए ।

साधारणसभामा अध्यक्ष राईले संस्थाको प्रगति प्रतिवदेनमा रु ७ करोड बढीको काराबोर भएको आय–व्यय प्रस्तुत गरेका थिए । संस्थामा कुल ९९६ जना शेयर सदस्यहरु छन् । हाल, शिबसताक्षी नगरपालिका सहित कनकाई नगरपालिका र कमल गाउँपालिकामा संस्थाले आफ्नो क्षेत्र विस्तार गरेर सेवा सञ्चालन गरिआएको छ ।

कार्यक्रममा शिबसताक्षी शहकारी शाखाका प्रमुख बद्री दाहालको प्रमुख आतिथ्यता रहेको थियो । उनले सहकारी संस्थाले सामान्य नागरिकको जनजीवन स्तर बृद्धि गर्न ठूलो मद्यत पुगेको बताए । त्यस्तैं, सहकारी संस्थाले ग्रामिण तथा शहरी क्षेत्रमा बित्तिय कारोबार र चेतना विस्तारमा सहयोग पुगेको र बेरोजगार नियन्त्रणमा अत्यन्तै ठूलो सहयोग पुगेको बताए ।

संस्थाका उपाध्यक्ष डिल्लीलाल फेम्बोले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सुजन राईले गरेका थिए । सो अवसरमा चौतारी बचत तथा ऋण सहकारी संस्था झिलmिझलेका कार्यबहाक अध्यक्ष धनबहादुर बान्तवा राई, दुधे खुद्रा सहकारीका उपाध्यक्ष जापान थेबे, बाल निकुञ्ज माध्यमिक बिद्यालय शिबसताक्षी–१० का शिक्षक हितिराज निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा किसान कृषि सहकारी संस्था झिलझिलेका व्यवस्थापक चन्द्रिका मोक्तान, सेवारोका पूर्वअध्यक्ष पदमप्रसाद जबेगु, पूर्वव्यवस्थापक बिमल प्रसाद आङ्बो, लाहानसिंह तुम्बापोलगाययतको उपस्थिति थियो ।

Facebook Comments