दमक अस्पताल र आम्दा अस्पताल दमकलाई वर्क फर नेपालको सहयोग

111

दमक, २८ पुस–हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्टको सहयोगमा वर्क फर नेपालले झापाको दमक अस्पताललाई रु २० लाख मुल्य बराबरको अस्पतालजन्य सामाग्री प्रदान गरेको छ ।

वर्क फर नेपालले सोमबार एक कार्यक्रमबीच अस्पतालजन्य सामाग्री दमक अस्पताललाई प्रदान गरेको हो । सो सामाग्री प्रदेश सासंद अर्जुन राई हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्टका कन्ट्री डाइरेक्टर सेख मसी, मेनेजिङ डाइरेक्टर जिवा पोखरेल तथा वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले संयुक्त रुपमा हस्तन्तरण गर्नुभयो ।

अस्पताललाई सर्जरीकल सामाग्री, हाईड्रो लिक बेड, आइ सि यु बेड, थेरापी सामग्री, बर्थिङ टेबल लगायतका अस्पतालजन्य सामाग्री प्रदान गरिएको संस्थाका उपाध्यक्ष केशब भण्डारीले बताउनुभयो ।

त्यसैगरी, संस्थाले आइतबार अजुनधारस्थिसत शनिश्चरे स्वास्थ्य केन्द्रमा रु २१ लाख बराबरको र सोमबार बिराटनगरस्थित कोशी अञ्चल अस्पतलामा रु ५० लाख मुल्यबराबारको अस्पतालजन्य समाग्री प्रदान गरेको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले बताउनुभयो ।

यसैगरी, संस्थाले आम्दा अस्पातल दमक तथा पथरी अस्पताल मोरङमा रु २०–२० लाख बराबरको र गौरिगञ्ज स्वास्थ्य चौकीमा झापा र आँखीभुई स्वस्थ्य चौकी संखुवासभामा रु १८÷१८ लाख बराबरको अस्पतालजन्य सामग्री बितरण गर्ने जनाएको छ ।

प्रदेश १ का बिभिन्न जिल्लाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा रु १ करोड ४० लाख बराबरको अस्पताल जन्य सामग्रीहरु बितरण गर्ने संस्थाले जनाएको छ । झापाका बिभिन्न बिद्यालयहरुमा फिल्टर सहितको पानी ट्याङकी र बायो स्टण्ड फिल्टर समेत बितरण गर्ने भएको छ ।

झापाको कमल–५ मा मुख्य कार्यलय रहेको वर्कफर नेपालले गत बर्षदेखि हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्टको सहयोगमा बिभिन्न सामग्रीहरु बितरण गर्दै आइरहेको छ । त्यस्तैं, बिभिन्न सिप मुलक तालीम समेत प्रदान गरेको बर्कफर नेपालका अध्यक्ष अधिकारीले बताउनुभयो ।

Facebook Comments