सेवारो बचत तथा ऋण सहकारी संस्थामा पुर्नःधनबहादुर राई

127

दुधे, २८ पुस–झापाको शिबसताक्षी–११ दुधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार १३औं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

दुधेस्थित भुपु सैनिकको भवनमा सम्पन्न साधारणसभा तथा अधिवेशनले पूर्नःसुबेदार धनबहादुर राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

आगामी चार बर्षे कार्याकालको लागि गठन भएको नयाँ समितिको उपाध्यक्षमा डिल्लीलाल फेम्बो, सचिवमा कविता राई र सदस्यहरुमाा दुर्गादेबी मगर, पदमप्रसाद घिमिरे, टंककुमारी खपाङ्गी, सरस्वती गौली, जंग प्रसाद मिश्र र खड्ग बहादुर सम्बाहाम्फे छन् ।

त्यस्तैं, लेखा समितिको संयोजकमा पदम कुमारी योङहाङ सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमाा बिदुर तिम्सिना र मुना बिमली चयन भएका छन् ।

 

Facebook Comments