बार्सिलोनाले प्रशिक्षक भाल्भर्डेलाई बर्खास्त गर्‍यो

65

एजेन्सी (काठमाडौं), २९ पुस–स्पेनिश क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बखास्त गर्दै उनको स्थानमा नयाँ प्रशिक्षक नियुक्त गरेको छ । अघिल्ला दुई सिजनको ला लिगामा क्लबलाई विजयी गराएपनि भाल्भर्डेले अन्य प्रतियोगिता जिताउन सकेका थिएनन् ।

जारी सिजनमा पनि बार्सिलोनाले कमजोर क्लबसँग पराजय ब्यहोरेपछि क्लबले उनलाई हटाएको हो । भाल्भर्डेलाई रियल बेटिसका पूर्व प्रशिक्षक क्वेक सेटिनले प्रतिस्थापन गरेका हुन ।

सोमबार साँझ बसेको क्लब बैठकले ६१ बर्षीय सेटिनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय लिएको हो । भाल्भर्डेको प्रशिक्षणकालमा बार्सिलोना एकपटक पनि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको थिएन ।

Facebook Comments