आज देशभर मौसम बदली‚ वर्षा र हिमपात हुने

151

काठमाडौं, ३ माघ–पश्चिमी न्युन चापीय प्रणालीका कारण काठमाडौं लगायत देशभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ । पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने भारी हिमपातको सम्भावना रहेको मौसमविद समीर श्रेष्ठले जानकारी दिए ।

यस्तै, शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

‘पश्चिमी न्यून चापीय प्रणालीका कारण नै काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ । पछिल्लो २० घण्टामा काठमाडौं उपत्यकामा १५ मिलिलिटर वर्षा भएको मौसमविद श्रेष्ठले जानकारी दिए ।

Facebook Comments