नेकपाले संसदको धज्जी उडायोः कांग्रेस

69
कांग्रेस

काठमाडौं, ३ माघ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाले एक महिनासम्म प्रतिनिधिसभा संसद् बन्दक बनाएर संसदको धज्जी उडाएको आरोप लगाएको छ । शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो आरोप लगाएको हो ।

‘सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको घोर अकर्मण्यताको परिणाम हो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद् अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरूबीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्थाप्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ।’

कांग्रेसले तत्काल प्रतिनिधिसभाको बैठकको सञ्चालन गर्न पनि माग गरेको छ । प्रतिनिधिसभाको आगामी माघ ६ गते बस्ने बैठकबाट नै सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसले माग गरेको छ ।

Facebook Comments