झिलझिलेस्थित साइनो बचत तथा ऋण सहकारी संस्था पाँचौं बर्षमा प्रवेश

पाँचौं बर्षमा प्रवेश गर्दैगर्दा साइनोले गर्यो झिलझिलेमा खुल्ला रक्तदान कार्यक्रम

240

झिलझिले, ३ माघ–साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर सहकारी संस्थाले झिलझिलेमा खुल्ला रक्तदान कार्यक्रम गर्नुका साथै नेपाल रेडक्रस सोसाइटी दमक उपशाखालाई रु १० हजार बराबारको कोल्डटेन बक्स ४ थान हस्तान्त्रण गरेको छ ।

रक्तदानमा ४५ प्रिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार बिभागको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । सो कार्यक्रममा १२ महिला र ३३ पुरुससहित ४५ जनाले रक्तदान गरेका थिए ।

शिबसताक्षी–८ झिलझिलेमा अवस्थित साइनो बचत तथा ऋण सहकारी संस्थाको यो रक्तदान दोस्रो पटक भएको हो । यसअघि, संस्थाको चौथो स्थापना दिवसमा रक्तदान कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा ७२ प्रिन्ट रगत सङ्कलन भएको थियो ।

बिहान नौ बजे सुरु भएको रक्तदान कार्यक्रमलाई वर्षाले प्रभावित बनाएको थियो । वर्षाले रक्तदानलाई प्रभावित पारेता पनि आज आयोजित रक्तदान कार्यक्रममा ४५ प्रिन्ट रगत सङ्कलन भएको संस्थाले जनाएको छ ।

सोही कार्यक्रमको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी दमक उपशाखालाई रु १० हजार मुल्य बराबरको ४ थान कोल्डटेन बक्स हस्तान्त्रण गरिएको थियो । रक्तदान कार्यक्रममा प्रयोेग हुने कोल्डटेन बक्स रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो बताए ।

त्यस्तैं, नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने उदेश्यले सताक्षीधामको तस्विरसहितका मायाको चिनो समेत रेडक्रस सोसाइटी दमक उपशाखालाई हस्तान्त्रण गरिएको छ । पूर्वको प्रसिद्ध धार्मीक तथा ऐतिहासीक महत्व बोकेको सताक्षीधामको प्रचार प्रसार गर्ने उदेश्यले सो तसिवर मायाको चिनोको रुपमा प्रदान गरिएको संस्थाका उपाध्यक्ष बिशाल शेर्माले बताए ।

कार्यक्रममा सतासीधाम जेसिज र समाजसेवी क्लब झिलझिलेको सहकार्य संस्थाको रुपमा सहभागि थियो । जेसीज अध्यक्ष कुमारसिंह सावा, समाजसेवी क्लब अध्यक्ष राजु त्रिखत्रीको सहभागिता थियो ।

सस्थाको झिलझिलेस्थित कार्यालय व्यवस्थापक दिलकुमारी मगरका अनुसार कार्यक्रममा शिबसताक्षी दुधेस्थित धुब्र तारा अंग्रजी माविका संस्थापक तथा बुद्धिजिवी बीरबल जवेगु, झिलझिलेस्थित सेभेनसिज अंग्रेजी माविका संस्थापक प्रिन्सिपल शनबहादुर राई, झिलझिलेस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाका पशुराम ढुङ्गाना, चौतारी बचत तथा ऋण सहकारी संस्थाकाा कार्यबाहक अध्यक्ष धनबहादुर बान्तवा राई, धरमपुरस्थित शुक्रबारे कृषि सहकारी संस्था सञ्चालक समिति सदस्य नेत्र नेम्बाङ, किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष हरिसंकर सिलवालको उपस्थिति थियो ।

त्यस्तैं, रक्तदान कार्यक्रममा रेडियो नेपालका झापा सम्बाददाता निशेष राई, पूर्वाञ्चल दैनिकका पत्रकार बिनोद सापकोटा, हिमशिखर टेलिभिजनका गोविन ल्वागुन, हरप्रहर न्यूज डटकमका सुशन राईको पनि उपस्थिति थियो । स्थानीय समाजसेवी पर्वत थुलुङ राई, सतासीधाम सामुदायिक प्रहरी सेवा केन्त्द्रका महासचिव सन्त फेउवादेन लिम्बू, लगायतको उपस्थिति थियो ।

संस्थाका अध्यक्ष दिपक कुमार मेन्याङ्बोको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहालले साइनो बचत तथा ऋण सहकारी संस्थाको पाँचौ स्थापना दिवसको अवसरमा संस्था, शेयर सदस्य, कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । उनले सहकारी संस्थाले आफ्नो बित्तिय कारोबारसँगै सामाजिका तथा मानवीय सेवामा रहेर कार्यक्रम आयोजना गरेको भन्दै प्रशसा व्यक्त गरे ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष बिशाल शेर्मा, कोषाध्यक्ष सुबास मेन्याङ्बो, सस्थाको झिलझिलेस्थित कार्यालय व्यवस्थापक दिलकुमारी मगर, मंगलबारे सेवा केन्द्रकी व्यवस्थापक ज्ञानु थापा, संस्थाका बजार व्यवस्थापक प्रमुख मनि लिम्बू, बिना मगर, शुक्ष्मा श्रेष्ठ, आशिका बस्नेत सापकोटा, तीलप्रसाद चम्लागाई, बिजय राई, सरु गुरागाई, रामवती राजवंशी, सबिता राजवंशी, पूर्णिमा मगर, सञ्चमाया लिम्बू, अर्जुन आर्चाय छन् । त्यस्तैं, बिजय लिम्बू, विपन राई लगायतको कार्यक्रममा सक्रिय भूमिका रहेको थियो ।

त्यस्तैं, रक्तदान कार्यक्रममा दमक उद्योग बाणिज्य संघका सदस्य अशिम राई, साइनो बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान सचिव तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाका प्रवन्धक सुमन कुमार राईंको समेत उपस्थिति थियो । कार्यक्रमको सहजिकरण अनिलदेब राईले गरेका थिए ।

Facebook Comments