धरमपुरस्थित लक्ष्मीनारायण माविमा प्रअ बिबादः प्रधानध्यापकमा निवामि तहका खग्रेन्द्र दाहाल भर्सेज मावि तहका खगेन्द्र लम्जेलको भिडन्त

971

धमरपुर, ३ माघ–योग्य र सक्षम व्याक्तित्वसहितको नागरिक उत्पादन गर्ने थलो हो–बिद्यालय । बिद्यालयहुदै उच्च शिक्षा अध्ययनका निम्ति बिश्व बिद्यालयबाटै मात्र एउटा सक्षम र योग्य नागरिक उत्पादन हुने हाम्रो बुझाई हो । यो बुझाई सर्वमान्य पनि छ र अहिले बर्तमान समयको शिक्षाले पनि यसै भन्छ । यसो भनिरहदाँ, झापाको शिबसताक्षी–१ (साविकः धरमपुर–८) को लक्ष्मी नारायण माध्यमिक बिद्यालयमा भने यो बुझाई गलत भएको छ ।

निमावि तहको शिक्षक माध्यमिक बिद्यालयको प्रधानध्यापकको जिम्मेवारीमाा बसिरहेका खग्ेन्द्र बहादुर दाहाललाई यतिवेला योग्यता र सक्षम लिडरको प्रश्न तेस्र्रिरहेको छ । यो प्रश्न माध्यमिक तहको सक्षम र योग्य शिक्षक खगेन्द्र बहादुर लम्जेलको मात्रै प्रश्न होइन । यो प्रश्न तमाम् धरमपुरवासीको हो र बिद्यालयका अभिभाहकहरुको पनि हो ।

यसैबीच, बिद्यालयमा प्रधानध्यापकको विषयलाई लिएर शुक्रबार वडा नं १ शिबसताक्षीको वडा कार्यालयमा सरोकारवालाले एउटा ज्ञापनपत्र बुझायो । अर्थात, समस्याको सामाधान खोज्न नगर जनप्रतिनिधिलाई ध्यानकर्षण गराएका छन् ।

जनताका समस्या, नागरिकका अधिकार, विकासका अवसर र चुनौती, अभावको कुरो सुन्ने जनप्रतिनिधिहरु हुन् । उनीहरुले नै कुरा सुन्ने र बुझ्नुपर्ने तर सात महिनादेखी माध्यमिक तहको बिद्यालयका प्रधानध्यापक हुने योग्यता पुगेको शिक्षक बिद्यालयका कार्यरत भइरहदा एउटा निमावि तहका जुनियर शिक्षक प्रधानध्यापकको जिम्मेवारी बोकिरहेका छन् । उनी अनेक बाहानामा बिद्यालयको लिम्मेवारी अरुलाई छोड्ने अवस्थामा छैनन् । मानौ, उनी बाहेक बिद्यालय अपुरो छ । मानौ उनी बिना बिद्यालय भोलीदेखाी नै बन्द हुन्छ । अझै, भनौ बिद्यालयमा सवै भन्दा पावरफुल शिक्षक आफु नै हुँ ।

यस्तै, यस्तै सोच–बिचारले ग्रस्त भएको शिक्षक बिद्यालयमा प्रधानध्यापकको कुर्सीमा बिराजमान हुनुहुन्छ । यही, समस्याबीच बिद्यालयमा बिद्यार्थीहरुले खुल्ला बातबरणमा अध्ययन गर्न पाइरहेका छैनन् । शिक्षक–शिक्षिकाहरुले शान्त र खुल्ला बातबरणमा अध्यापन गर्न सकिरहेका छैनन् । समस्याः बिद्यालयमा प्रधानध्यापकको कारण हो ।

दलित अधिकार समन्वय नगर समिति शिबसताक्षीले ज्ञापनपत्र बुुझाएको छ । शिबसताक्षी १ का वडाध्यक्ष सुवास राईलाई दलित अधिकारवादी संस्थाले सो ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउने क्रममा जिल्ला समन्वय समिति झापाका सदस्य तथा दलित अधिकारवादी जुनु महरा, दलित अधिकार समन्वय नगर समिति शिबसताक्षी नगरका उपाध्यक्ष सन्त पोर्तेल, सचिव पुर्णचन्द्र लकान्द्री, सहसचिव हरिशंकर सिलवाल, सल्लाहकार कुमार शंकर, वडा नं १ का अध्यक्ष तथा लक्ष्मीनारायण माध्यमिक बिद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष जयबहादुर विश्वकर्म, दतिल समुदायका बुद्धिजिवी सन्तोस बर्देवा लगायतको उपस्थिति थियो ।

शिक्षा ऐेन २०२८ (सम्सोधन सहित) र २०५९ को नियम ९३ को उपनियम २ मा ब्यवस्था भए बमोजिम लक्ष्मीनारायण माध्यमीक बिद्यालयमा कार्यरत स्थायी माध्यमीक तह तृत्य श्रेणीका शिक्षक खगेन्द्र बहादुर लम्जेलले गत मंसिर ३ गते तत्कालीन बिद्यालय ब्यवस्थापन समिति समक्ष निवेदन दर्ता गराएका थिए ।

लम्जेलले माध्यमीक बिद्यालयमा सम्बन्धित तहमा योग्यता पुगेका शिक्षकहरुबाट नियम अनुसार प्रधानाध्यापक हुनुपर्ने शिक्षा ऐन तथा नियम बमोजिम हाल बिद्यालयमा प्रधानाध्यापक नभएकोे हुँदा शिक्षक शिक्षक लम्जेलले आफु योग्य रहेकोले प्रधानाध्यापक पदमा नियुक्ति गर्न पाउ भनि दिएको निबेदन माथी कुनै निर्णय, छलफल, सुनुवाई नभएपछि दलित अधिकार समन्वय नगर समिति शिबसताक्षीले सो ज्ञापन पत्र बुझाएको समितिका उपाध्यक्षया सन्त पोर्तेले जानकारी दिए ।

उक्त समितिका अध्यक्ष समेत रहेका लम्जेल माथी विभेद पुर्ण ब्यावहारले दलित समुदाय प्रति सत्ता र ब्यवस्था परिवर्तन हुदैमा मानसिक सोच परिवर्तन नभएकोले लम्जेललाई प्रअ नियुत्ति गर्नको लागी आनाकानी गरेको हो ।

यदि उपल्लो समुदायको भए कुनै समस्या उत्पन्न नभई स्वत हस्तानतरण हुने समितिका सचिब पुर्णबहादुर लकान्द्रीले आक्रोस पोखे । शिक्षक लम्जेलका अनुसार बिद्यालयको प्रगति र उन्नतीको लागी आफु बाहेक प्रधानाध्यापकको लागी बिकल्प नरहेको बताए । उनले भने संम्न्धित निकायले यस बिषयमा चाडो ठोस निणर्य गरि मार्ग प्रसस्त गर्न समेत आग्रह गरे । अन्यथा कानुनी बाटो अपनाउन समेत आफु बाध्य हुने बताए ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष राईले यो बिषय आफ्नो काबुमा नभएकोले मथिल्लो निकायमा लगेर छलफल गर्ने आशवासन दिए । यता बिद्यायलयका बर्तमान प्रधानाध्यापक खगेन्द्र बहादुर दाहाल बिगत ५ बर्षदेखि सो बिद्यालयमा प्रधानध्यापकको जिमेवारी समाल्दै आएका हुन । उनले तत्कालीन समयमा आफु निम्न माध्यमिक तहको दरबन्दी योग्यता भएको अवस्थामा पनि अनुभवको आधारमा आफुलाई प्रधानाध्यापक बनाइएको बताए ।

तर अहिले माबी दरबन्दी कै योग्यता पुगेको शिक्षक लम्जेल ज्यु आउनु भएको छ र उहाँले प्रअ पद दाबी गर्नु भएको छ । उहाँको माग पनि जायज छ तर मेरो धारणा भनेको शैक्षिक शत्र सम्पन्न भइनजेल पर्खनुहोस । म स्वत यो जिम्मेवारीबाट पन्छिन्छु, दाहालले भने । यस बिषयमा माथिल्लो निकायले जे निर्णय गर्छ त्यो स्वीकार्ने समेत बताए ।

यता नगर शिक्षा प्रमुख शुरेन्द्र दाहालले यस्तो बिबाद अहिले गर्न नहुने बताएका छन् । साडेको जुदाई बाछाको मिचाई भने झै यस बिबादले गर्दा बिद्यार्थीको पढाईमा बाधा पुग्ने भएकोले बिबाद नगर्न संबन्धित पक्षलाई आग्रह गरेका छन् ।

कानुनतः माबी तहको योग्यता पुगेकै शिक्षक प्रअ हुने प्राबधान छ । त्यसैले शैक्षिक सत्र सम्पन्न हुन केहि महिना बाँकी रहेकोले त्यो समय सम्म बिबाद नगरि शिक्षण पेशालाई मर्यादित बनाउन सुझाए । ज्ञापन पत्र समितिका उपाध्यक्ष सन्तकुमार पोर्तेल र सचिब पुर्णबहादुर लकान्द्रीद्धारा हस्ताक्षरित छ ।

Facebook Comments