तेराख प्रतिष्ठानको अध्यक्षमा शिवकुमार

76

बिर्तामोड, १२ माघ–साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर ९ ,धुलावारीको अध्यक्षमा शिवकुमार पौडेल चयन भएका छन् । प्रतिष्ठानको प्रथम साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्ष दुर्गा भुर्तेल खतिवडा, सचिव विनोद खनाल, सहसचिव घनश्याम घिमिरे, कोषाध्यक्ष लेखनाथ खतिवडा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण सुवेदी निराकार, जयप्रसाद भण्डारी, मुनामाया राना, महेन्द्रविलास लुईटेल र सुरेश खतिवडा रहेका छन् ।

प्रतिष्ठानका तदर्थ समितिका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता तथा सहकारी अभियन्ता हरिचरण वानियाँको प्रमुख आतिथ्य र प्रतिष्ठानका संस्थापक संरक्षक तेराखको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष पौडेलले र लेखापरीक्षण प्रतिवेदन सचिव विनोद खनालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा इन्द्रेणी साहित्य समाजकी उपाध्यक्ष मुनामाया राना, डाईनामिक ग्रुप नेपाल भद्रपुरकी अध्यक्ष खगिन्द्रा खुसी, साहित्य चौतारी झापाका अध्यक्ष टङ्क विकल्प र प्राध्यापक तारा विविधले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका संस्थापक संरक्षक तेराखले स्वागत तथा प्रतिष्ठानको औचित्य वारेमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव विनोद खनालले गरेको साहित्यकार देवीचरण भण्डारीले जानकारी दिए ।

Facebook Comments