गायक रविन कन्दङ्बाको ‘सपनाको भारी….’ म्यूजिक भिडियो सार्वजनिक

85

सन्तोस राई/पथरी, २८ माघ–मोरङ पथरीका गायक रविन कन्दङ्वाले आफ्नो तेस्रो म्यूजिक भिडियो ‘सपनाको भारी…………’ आज सार्वजानिक गरेका छन् । ट्वील्भ नोट्स युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको भिडियोमा आकाश श्रेष्ठ र प्रियंका खड्काले फिचरिङ गरेका छन् ।

उदित प्रकाश सिग्देलको रचना, हरि लम्सालको संगीत/एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको गीतलाई बुद्ध थापाले खिचेका हुन् । काठमाडौंको हात्तीवन र ग्वार्काेमा खिचिएको सो वियोगान्त म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् भने निकेश खड्काले निर्देशनको पक्ष सम्हालेका छन् ।

गायक कन्दङ्वाले यसभन्दा अघि ‘तिमी मेरी दिलहिरा……..’ र अनप्लग भर्सनमा ‘दिलहिरा……..’ को म्यूजिक भिडियो सार्वजानिक गरिसकेका छन् ।

Facebook Comments