सुन लुटेर भाग्दै गरेका तीन भारतीय पक्राउ

105

काठमाडौं, २९ माघ–ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ । प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो ।

एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईले जानकारी दिएका छन् । उनले भने, ‘सेफ भेटिएको छ । फोडिएको छैन, अनुसन्धान थालेका छौं ।’ प्रहरीले पक्राउ तीन जना भारतीय भएको बताए पनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

Facebook Comments