स्वर्गीग खड्गजङ्ग योङ्हाङ् लिम्बूस्मृति प्रतिष्ठानद्धारा माङ्गसेवुङमा एम्बुलेन्स सेवा

33

दमक, २ फागुन–इलामको माङ्गसेवुङ गाँउपालिकामा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा आउने भएको छ । स्थानीय स्वर्गीग खड्गजङ्ग योङ्हाङ् लिम्बूस्मृति प्रतिष्ठानले विरामीहरुको सहज उपचारमा सहयोग पुरयाँउनका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको प्रतिष्ठानका सचिव चन्द्रमाया पतङ्वा योङ्हाङ्ले वताईन् ।

जसका लागि एम्बुलेन्स विर्तामोडस्थित महिन्द्र सो रूममा आईसकेको र छिट्टै सञ्चालनमा आउने तयारी भईरहेको उनले वताईन् ।

माङ्सेबुङ्बाट एम्बुलेन्स सञ्चालनमा आएपछि माङ्सेबुङसहित इलामको पश्चिम दक्षिणी तथा पाँचथरको दक्षिणी क्षेत्रका विरामीहरुलाई सुविधा पुग्ने उनले जानकारी दिईन् ।

प्रतिष्ठनले सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सो क्षेत्रमा नै पहिलोपटक एम्बुलेन्स सञ्चालनमा आउन लागेको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष शेसेहाङ फियाकले वताए ।

Facebook Comments