मालीमा अन्तरजातीय भिडन्त, ९ सैनिकसहित ४० जनाको मृत्यु

54

एजेन्सी, ३ फागुन–मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौजना सैनिक जवान पनि रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन् ।

द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाई छ । ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो ।

गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को मृत्यु भएको थियो । सरकारी अधिकारीहरूले मृत्यु हुनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

Facebook Comments