साइनो सहकारी संस्थाद्धारा तेस्रो सताक्षी गोल्ड कपलाई २७ हजार ५ सय ५५ रुपैया सहयोग हस्तान्त्रण

210

झिलझिले, ३ फागुन–झापाको झिलझिलेमा भोली आइतबार (फागुन–४ देखी ११ गतेसम्म) सञ्चालन हुन लागेको तेस्रो सताक्षी गोल्ड कपलाई साइनो बचत तथा ऋण सहकारी संस्थाले रु २७ हजार ५ सय ५५ सहयोग गरेको छ ।

शिबसताक्षी–८ झिलझिलेमा अवस्थित सो सहकारी संस्थाले सामाजिक अत्तरदायित्व अन्तरगर्त गोल्ड कपलाई भप्य ढंङ्गमा सम्पन्न गर्न २७ हजार ५ सय ५५
रुपैया आर्थिक सहयोग गरिएको हो ।

सहकारी संस्थाका अध्यक्ष दिपक मेन्याङ्बो (बिकेन) ले गोल्ड कप आयोजक सतासीधाम स्पोटिङ क्लबका आर्थिक उपसमितिका सदस्य मनि लिम्बूलाई आर्थिक सहयोग हस्तान्त्रण गरेका थिए ।

सहयोग हस्तान्त्रण गर्दै अध्यक्ष मेन्याङ्बोले गोल्ड कप सफलताका साथ सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए । उनले झापाकै शानको रुपमा रहेको शिबसताक्षी नगरपालिकाको झिलझिलेमा हुने तेस्रो सताक्षी गोल्ड कपलाई सफल बनाउन हामी सवैको दायित्व र जिम्मेवारी भएको भन्दै सहयोग गरिएको जानकारी दिए ।

संस्थाका उपाध्यक्ष एबम् युवा उद्यमी तथा व्यवसायी बिशाल शेर्माका अनुसार सहकारी संस्थाहरुले सामाजिक क्षेत्रमा आफ्नो भूमिका र योगदान गर्नुपर्ने भएनुसार सहयोग उपलब्ध गरिएको बताए ।

शिवसताक्षी–११ को झिलझिलेस्थीत गणेशमानसिंह अध्यान प्रतिस्ठानको खेल मैदानमा सञ्चालन हुनेछ ।

गोल्डकपको खेल तालिकासमेत सार्वजनिक अनुसार उद्घाटन खेल आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव झापा र मनाङ्ग मस्याङ्दी क्लव काठमाण्डौविच हुनेछ ।

प्रतियोगितामा विदेशी एक दार्जिलिङ्ग फुटबल क्लवसहित नेपालका ए डिभिजनका नेपाल आर्मी, थ्री स्टार क्लव, मछिन्द्र क्लव काठमाण्डौ, मनाङ, बेलवारी मोरङ्ग र रुपन्देही ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

प्रतियोगितामा दर्शकका लागि १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्याराफिट छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ६ लाख र ३ लाख रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । सर्वाेकृष्ट खेलाडीले ५० हजार पाउने र प्रतियोगिता संचालन गर्न अनुमानित ७६ लाख रुपैँया लाग्ने छ ।

प्रतियोगिताका लागि टिकटबाट अनुमानित १० लाख संकलन गर्ने लक्ष्य छ । शिवसताक्षी नगरपालिकाले गोल्डकपका लागि १० लाख सहयोग रहेको बताएको छ ।

सहयोग हस्तान्त्रण कार्यक्रममा सहकारी संस्थाका व्यवस्थापक दिलकुमारी मगर फागो, बजार व्यवस्थापक मनि लिम्बू लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments