शिबसताक्षीका महिलाहरुलाई लक्षित गरेर सञ्चालित बुटिक तथा मेटलका चुरामा स्टोन भर्ने तालिम सम्पन्न

178

झिलझिले, ३ फागुन–प्रदेश सांसद झलकसिंह दर्लामी मगरले आफ्नो अधिकार स्थापितसँगै सीप विकास र क्षमता निर्माणमा लाग्न शिबसताक्षी नगरका महिलाहरुलाई आग्रह गरेका छन् ।

शनिबार, झापाको शिबसताक्षी–९ र ११ को संयुक्त कार्यालय दुधेमा आयोजित सञ्चालित बुटिक तथा मेटलका चुरामा स्टोन भर्ने तालिमको समापन कार्यक्रममा बोल्दै सांसद दर्लामीले यस्तो बिचार राखेका हुन् ।

उनले महिलाहरु राजनीतिक तथा सामाजिक अधिकारका लागि आन्दोलनसँगै सीप तथा क्षमता विकासमा लाग्न आवश्यक रहेको औल्लाए । हरेक नागरिक अव आफ्नै सीप र क्षमताले बाच्न सक्ने हुनुपर्दछ, सांसद दर्लामीले भने–’तालिमममा सिकेका सीप र अनुभवलाई जीवनको हरेक व्यवहारमा प्रयोग गर्नसक्नु पर्छ ।’

प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम प्रदेश नं. १ अन्तर्गत शृजनशील गोदावरी महिला विकास समाजको आयोजनामा सञ्चालिन पाँच दिवशीय तालिमको समापन कार्यक्रममा प्रदेश सांसद दर्लामीले महिलाहरुको क्षमता विकास गरी सवल सक्षम बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा कार्यक्रम गरिएको बताए । उनले महिलाहरुले केही गरौं भन्ने उद्देश्य राखेर मात्र यस्ता तालिममा सहभागी हुनु पर्ने सुझाए ।

तालिममा सहभागी भएर आफुले पाएको प्रमाण-पत्र निस्कृय बनाउने होइन, उनीहरुले समूह बनाएर अरुलाई तालिम दिनु पर्ने वा आफुले उत्पादन गरेका बस्तुहरु विक्री वितरण गरी आय आर्जनको बाटो अंगाल्नु पर्ने उनको भनाई थियो ।

त्यस्तैगरी, कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, नगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव सुरेन्द्र दाहाल, वडा नं.९ का वडाध्यक्ष छविलाल पाठक, जैविक विवधताकी उपाध्यक्ष नरमाया कार्कीलगायतले मन्तव्य राखेका थिए ।

त्यस्तैं, महिला अधिकारकर्मी कल्पना कार्की (भुमिका), नेकपा नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराई, नगर इन्चार्ज ज्ञानेन्द्र बिश्वकर्म, सांसद दर्लामीका स्वकिय सचिव तथा नेकपा नगर सदस्य दुर्गा नेम्बाङ, महिला सदस्य मन्दिरा पाठक लगायतको उपस्थिति रहेको थियो ।

समाजकी अध्यक्ष रेनुकादेबी रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा शिबसताक्षी–८, ९ र ११ का २२ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक सुनिता थापाले स्वागत मन्तव्य राखेका थिइन भने निर्मला प्रधानले सञ्चालन गरेका थिईन् । सो अवसरमा सहभागी अतिथि तथा तालिमका बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान स्वरुप तालिमका निर्मित चुराहरु वितरण गरिएको अध्यक्ष रेग्मीले जानकारी दिइन् ।

Facebook Comments