‘तेस्रो सताक्षी गोल्डकप’ सम्पन्न गर्न चुनौती र अवसरको रुपमा लिएको छुः आर्थिक संयोजक इजम

154
‘समर’ सनम इजम

झापाको झिलझिलेमा सञ्चालन भइरहेको ‘तेस्रो सताक्षी गोल्डकप’को आर्थिक संयोजक हुनः ‘समर’ सनम इजम । उनी शिबसताक्षी नगरपालिका वडा नं ११ झिलझिलेमा बसोबास गर्छन् । लामो समय काठमाण्डौंमा अध्ययनसँगै व्यवसाय गर्दै आइरहेका इजम पछिल्लो समय आफ्नै जन्मथलो शिबसताक्षी-११ झिलझिलेस्थित निजी निवासमा बसोबास गरिआएका छन् ।

आमा धनमाया र बुबा ललित कुमारका कान्छा पुत्ररत्नका रुपमा साउन १५ गते २०४४ सालमा जन्मेका हुन् । आफ्नो बुबा र आमाको प्रेरणा र हौसल्लाबाट सामाजिक क्षेत्रमा कार्य थालेका इजम खेलकुद र सहकारीको माध्यमबाट स्थापित हुन प्रयास गरिरहेका छन् । किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र सतासीधभाम स्पोटिङ क्लबका संस्थापक सदस्य हुन् ।

झिलझिले माध्यमिक बिद्यालयबाट प्रारम्भिक शिक्षा लिएका उनले दुधेस्थित राष्ट्रिय रमरिर्णय माध्यमिक बिद्यालयबाट एसएलसी उर्तिण गर्दै सोही बिद्यालयमा कक्षा-११ र १२ अध्ययन पुरा गरेका छन् । दुधेबाट अध्ययन पुरा गर्दै थप उच्च शिक्षाका लागि उनले दमकस्थित मोडल कलेजबाट अध्ययन पुरा गरेका छन् ।

१२ बर्षको उमेरदेखी नै फुटबल खेल्न थालेका इजमले आफ्नो अध्ययन र व्यवसायसँगै फुटबल जीवनलाई भने अगाडी लैजान सकेनन् । फुटबल जीवनमा केही गर्न खोज्दाखोज्दै अपुरो रहेको चाहानालाई यतिवेला सतासीधाम स्पोटिङ क्लब मार्फत नयाँ खेलाडी उत्पादन र फुटबलको विकासमा सक्रिय छन् । उनै, आर्थिक संयोजक इजमसँग ‘हाम्रोसरोकार डटकम’ले गरेको कुराकानीका सम्पादित अशंः

–‘तेस्रो सताक्षी गोल्डकप’को स्थापना र सञ्चालन कसोरी भयो ?

ग्रामिण क्षेत्रमा फुटबलको विकासका निम्ति झिलझिलेमा स्थापना भएको सतासीधाम स्पोटिङ क्लब मार्फत सताक्षी गोल्डकपको स्थापना भएको हो । तत्कालिन समयमा सतासीधाम गाविस र पूर्वको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम मन्दिरलाई लक्षित गरेर गोल्डकपको नामकरण ‘सताक्षी गोल्डकप’ जुरायौं । र, त्यहि गोल्ड कप हालः झिलझिलेमा ‘तेस्रो संस्करण’ अन्तरगर्त हामी यो आयोजना सम्पन्न गर्न जुटिरहेका छौं । खासगरी नेपाली फुटबल खेल क्षेत्रलाई माया गर्ने झापाली दर्शकहरुको लागि यो ऐतिहासीक प्रतियोगिता हो ।

–झिलझिले जस्तो ग्रामिण क्षेत्रमा गोल्ड कप आयोजना गर्नु कसरी हिम्मत गर्नुभयो ?

हो, यो चुनौती र अवसरबीच हामीले झिलझिलेमा गोल्डकप सञ्चालन गर्ने प्रयास गरेका थियौं । अत्यन्तै कठिन परिस्थितिहरुबीच प्रथम सताक्षी गोल्डकप र दोस्रो गोल्डकप सम्पन्न गर्यो र यस पटक आयोजना गरिरहेका तेस्रो सताक्षी गोल्डकप पनि त्यतिकै कठिन अवस्थामा प्रयास गरेका छौं ।

फुटबल प्रेमी र समग्र उद्यमी, व्यवासयीहरु, समाजका अगुवा तथा आम नागरिकहरुबाट सवैको साथ र सहयोग पाएका छौं । आयोजक संस्थाको मात्र यो गोल्ड कप नभएर समग्र शिवसतासी नगरवासी अनि झिलझिलेवासी वा फुटबलप्रेमी झापालीवासीको सहयोगले यो गोल्ड कपले सफलता पाउने छ । झिलझिलेमा हुने ‘तेस्रो सताक्षी गोल्ड कप’ सभ्य, भप्य र उत्कृष्ट ढंङ्गमा संम्पन्न हुनेमा यसै मिडिया मार्फत म विश्वास ब्यक्त गर्न चाहान्छु ।

–गोल्ड कप आयोजना गर्नुको कारण के हो ?

धेरै कारणहरु हुन सक्छ तर हामीले हाम्रो भुगोल र परिवेशको सम्मानमा यो गोल्ड कपको नामकरण गरेका छौं–सताक्षी गोल्ड कप । धार्मीक तथा पर्यटकीय दृष्ट्रिकोणले प्रदेश १ मा नै प्रसिद्ध मानिएको सताक्षीधाम मन्दिरको प्रचार–प्रसार र प्रवर्दनमा सघाउ पुयाउंनको निमित यसको नाम राखिएको हो ।

यसको साथ–साथै स्थानीयस्तरमा नयाँ संम्भवाना बोकेका खेलाडीहरु उत्पादन गर्न पनि गोल्ड कप आयोजना गरिएको हो । हामीले यो सुबिधा संम्पन्न खेलकुद एमाडेमी पनि निर्माणको लक्ष्य राखेर अघि बढिरहेका छौं । यो दोस्रो पटक प्रतियोगिता सम्पन्न हुने क्रममा छ ।

–यी महत्वपूर्ण अनि महत्वकाक्षी लक्ष्यहरु पुरा होला ?

पक्कै, पनि लक्ष्यसम्म पुग्न धेरै गाह्रो अनि चुनौतिहरु छन् । हामी यी समस्याहरुलाई बुझेर पनि अघि बढ्ने अवस्थामा छौं । अघिल्लो बर्षको प्रथम गोल्ड कपबाट हामीले सिकेका अुनभव र पाठलाई यस पटक पनि अझै धेरै सिक्ने अवसरको रुपमा लिएका छौं । पहिलो बर्ष ‘प्रथम सताक्षी गोल्डकप’ प्रतियोगिताबाट रु २१ लाख वढी बचाउन सफल भएका छौं । दोस्रो सताक्षी गोल्ड कपमा केही घाटा व्योहोर्नु पर्यो ।

यद्धपी हामी आयोजक संस्थालाई सहयोग गर्ने प्रतिवद्धतता गरे अनुसार आर्थिक सहयोग प्राप्त नहुनु र कार्यक्रम उद्घाटनबीच मञ्चमा बेलुन जलेर घाइतेहरुको उपचारमा केही खर्च भएको थियो ।

–गतवर्षको तुलनामा यस पटकको गोल्ड कपमा के फरक छ ?

बिल्कुलै फरक हुन्छ । पुरुस्कारको कुरा गर्ने हो भने यस पटक बिजेताले रु छ लाख र उपबिजेताले रु तीन लाख पाउने छ । पहिलो र दोस्रो गोल्डकपको पुरस्कार भन्दा दोब्बर बढि हो ।

अघिल्लो दुई चरणका गोल्डकपलाई हामी परिक्षणकालको रुपमा लियौं । केहि ठूला–साना कमिकमजोरीहरु भए । तयारी, ब्यवस्थापन लगायत सवारी पाकिङ, होटल तथा स्टल, दर्शकहरुलाई ढुक्कका साथ बसेर हेर्ने पयाराफिट, सौचालय, पिउने पानि, टिकट विक्री तथा प्रवेशद्धारमा सहज बनाएका छौं । यसवर्ष प्राविधिक रुपमा छिट्टो अनि छरिटो बनाइएको छ ।

गतवर्ष भन्दा दर्शकहरु बस्ने क्षमताको आधारले पनि यो बर्ष धेरै फरक छ । यो पटक सात हजार दर्शकहरु अट्न सक्छ ।

–पहिलो र दोस्रो सताक्षी गोल्डकप सम्पन्न भएको लामो समयपश्चात तेस्रो गोल्डकप आयोजना गर्नुभयो ?

केही समस्याहरुबीच पनि हाम्रो तयारी नभएको होइन् । तर, एन्फाद्धारा सञ्चालन भइरहेको राष्ट्रिय लिग र एन्फाको आफ्नै प्रविधिक कारणवस पनि यो प्रतियोगिता समयमा नै हुन नसकेको हो ।

–नयाँ खेलाडीहरु उत्पादन गर्न क्लब के–कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने छ ?

खासगरी, शिबसताक्षी नगरबाट नयाँ खेलाडीहरु उत्पादन गर्न राम्रो कोच मार्फत ट्रेनिङको सुरुवात गरेका छौं । खेलाडीहरुलाई खेलमा सहभागि गराउन र हौसल्ला प्रदान गर्न स्थानीय स्तरमा हुने प्रतियोगितामा कल्ब मार्फत सहभागि हुने र आवश्यक तालिमहरु दिइरहने कार्यहरु भएका छन् ।

आगामी समयमा हामो कल्बले सुविधा सम्पन्न खेलकुद एकाडेमी निर्माणको पक्षमा छौं । केहि प्रारम्भिक कार्यहर भएको छ । कोष स्थापना गरेर त्यसलाई संचालन गर्ने अलग बिनियम र प्रावधान निर्माण गर्ने सोचमा छौं ।

झिलझिले (शिबसताक्षी नगरपालिका) बाट उत्पादन भएको फुटबल क्षेत्रका अब्बल खेलाडी भाई अनन्त तामाङ हो । नेपालको राष्ट्रिय खेलाडीको रुपमा स्थापित भाई अनन्तको सर्घष र यहिको धुले खेल मैदानबाट सिक्दै अघि बढेको कुराले पनि नयाँ खेलाडीहरु उत्पादन गर्न मद्यत पुग्ने छ ।

–गोल्डकप सम्पन्न गर्न बजेटको ब्यवस्थापन कसरी जुटाउनु हुदैछ ?

राम्रो कुरा उठाउनुभयो । शिवसतासी नगरपालिकामा उद्योग, कलकारखाना, ब्यवसायहरु छैनन् । छन, भएका पनि सिमित छन् । यस्तो अवस्थामा पनि गोल्ड कप सम्पन्न हुदैछ । यो चानचुने कुरो होइन ।

यस बर्ष शिबसताक्षी नगरपालिकाबाट रु १० लाख प्राप्त भएको छ । यससँगै, दमक, बिर्तामोड र अन्य क्षेत्रहरुका खेलप्रेमी मानुभावहरु र केहि रुपैया वैदेशिक रोजगारीको शिलशिलामा रहनुभएको शिबसतासीका साथिहरुले दिएको सहयोगले प्रतियोगिता हुने हो । यस बाहेक केहि रुपैयाहरु हामीले स्थानीय ब्यवसायी, उद्यमी, सामाजिक, राजनिति ब्याक्तित्व र शुभ्भेच्छुकहरुबाट जम्मा गरेको रुपैयाले गोल्डकप सम्पन्न गर्न गइरहेका छौं ।

–अन्त्यमा के भन्नुहुन्छ ?

नेपाली फुटबलको स्तर क्रमश बढ्दै जादैछ । फुटबललाई माया गरौं । स्वास्थ्य समाजको निर्माणका लागि पनि खेलकुद अर्थात फुटबलको भूमिका रहेको छ । यसर्थ, शिबसताक्षीको झिलझिलेमा सम्पन्न हुन लागेको तेस्रो सताक्षी गोल्डकपलाई भप्य र सभ्य ढंङ्गमा सफलतका साथ सम्पन्न गर्न सवै–सवैको साथ, सहयोग, शुभ्भेच्छाको अपेक्षा गरेका छौं ।

धन्यवाद !

Facebook Comments