दक्षिण कोरियामा रहेका नेपालीलाई दूतावासले भन्यो, सतर्क रहनू

39

काठमाडौं, ११ फागुन–नेपाली दूतावास दक्षिण कोरियाले कोरियामा नेपालीमा समेत कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ ।

संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

Facebook Comments