कांग्रेसको छाया मन्त्रिपरिषद्‍ बैठक नौ महिनापछि सिंहदरबारमा

70
कांग्रेस

काठमाडौं, ११ फागुन–नेपाली कांग्रेसको छाया मन्त्रिपरिष्दको बैठक बसेको छ । छाया सरकार गठन भएको नौ महिनापछि मन्त्रिपरिषदको बैठक बसेको हो ।

छायाँ सरकारले नौ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देवाले बैठक डाकेका हुन् । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संयोजक डा.डिला संग्रौलाले जानकारी दिइन् ।

बैठकमा नौ महिनाको अवधिमा छाया सरकारको तर्फबाट भएका कामकारवाहीको बारेमा सम्बन्धित मन्त्रालयको जिम्मा पाएको संयोजकले ब्रिफिङ गर्ने बताइएको छ ।

Facebook Comments