नेपालमै पहिलो पटक स्विमिङ कोर्सः लाइफगार्ड तालिम

2851

काठमाडौं, १३ फागुन–नेपालमै पहिलो पटक स्विमिङ कोर्सरलाइफगार्ड तालिम हुने भएको छ । युएईमा रहेर स्विमिङ कोर्सः लाइफगार्ड तालिम सन्चालन गरिरहेका डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी कम्पनी सन्चालन गरिरहेका प्रबन्ध निर्देशक तथा निःशुल्क प्राथमिक उपचार तालिमका अभियन्ताः मुख्य प्रशिक्षक ओमप्रसाद उप्रेतीले उक्त तालिम आयोजना गर्न लागेका हुन् ।

लन्डनको हाइफिल एकेडेमी साथै आरएलएसएस युके र अमेरिकाको सरकारी मान्यताप्राप्त कम्पनीबाट वाटर रेस्क्यु सम्बन्धि लेबल ३ को प्रशिक्षणमा उत्कृष्ट भएका उप्रेती हाल युएईमा यही विधामा आफै कम्पनी संचालन गरेर बसेका छन् ।

१६ देखि ५० वर्ष उमेर समुहका युवायुवतीहरुलाई यो तालिम अति प्रभावकारी हुने र स्वदेश तथा विदेशमा पनि यो तालिमको व्यावसायिक महत्त्व हुने दाबी स्वीमिङ प्रशिक्षक समेत रहेका उप्रेतीले बताएका छन् ।

तालिममा भाग लिन इच्छुकलाई डिस्कभरी रोयल स्पोर्ट्सको काठमाडौं कार्यालय वा इन्बक्समा सम्पर्क गर्न ओम उप्रेतीले सुझाएका छन् ।

Facebook Comments