शेयर बजारमा नकारात्मक ‘सर्किट ब्रेक’

56

काठमाण्डौ, २७ फागुन–शेयर बजारमा मङ्गलबार नकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको साढे १ घण्टामै शेयर बजार कारोबार मापक नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नकारात्मक सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको हो ।

१२ बजेर ३२ मिनेटसम्ममा नेप्से परिसूचक ७२ दशमलव ०३ अङ्कले घटेर १३ सय ६३ दशमलव ६६ अङ्कमा झरेको छ । यो समयसम्ममा ९१ करोड ८० लाख रुपैयाँ बराबरका २३ लाख ११ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

साढे १२ बजेसम्म भएको कारोबारमा सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६१० अङ्कले घटेको छ ।

Facebook Comments