किसानलाई प्रतिअण्डा तीन रुपैयाँ घाटा

44

काठमाडौं, २९ फागुन–पशुसेवा विभागले अन्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अण्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो ।

अण्डा उत्पादनको लागत मूल्य तथा बजारीकरणसम्बन्धी देशका सात वटै प्रदेशका साना, मध्यम र ठूला व्यावसायिक कुखुरा फार्मको अध्ययन गर्दा अण्डा उत्पादक किसानलाई प्रतिअण्डा झण्डै तीन रुपैयाँ नोक्सान भएको उल्लेख गरिएको छ ।

अध्ययन अनुसार अण्डाको ‘फार्म गेट’ मूल्य आठ रुपैयाँ ६७ पैसा थियो भने अण्डाको उत्पादन लागत ११ रुपैयाँ ५३ पैसा थियो । अण्डाको फार्म गेट मूल्य र उत्पादन लागत मूल्यको विश्लेषण गर्दा प्रतिअण्डा किसानलाई दुई रुपैयाँ ८६ पैसा नोक्सान भएको देखिन्छ । गोरखापत्र दैनिकबाट

Facebook Comments