झिलझिलेस्थित किसान कृषि सहकारीले ल्यायो बजारमा अग्यानिक टमाटर

428

झिलझिले, २ चैत–झिलझिलेस्थित किसान कृषि सहकारी संस्थाले दैनिक ५० केजी टमाटर बजारमा ल्याइरहेको छ । शिबसताक्षी–११ झिलझिलेमा गत वर्ष स्थापना भएको सो सहकारी संस्थाले बित्तिय कारोबारसँगै टमाटर खेती पनि गरेको हो ।

संस्थाका अध्यक्ष सनम इजमका अनुसार पहिलो पटक लगाइएको टमाटरबाट उत्पादन सुरु भएको हो । उलने १ हजार विरुवा रोपिएको र सोही विरुवाबाट अहिले दैनिक ५० केजी टमाटर उत्पादन भइरहेको बताए । अध्यक्ष इजमले भने–बिना विषादी, रसायनिक मल बिना नै उत्पादन गरिएको टमाटर संस्थाको कार्यालय मार्फत बिक्रि बितरण गरिएका छौं ।

संस्थाका सचिव मोहन राईका अनुसार किसान कृषि सहकारी संस्था मार्फत झिलझिलेमा उत्पादन भइरहेको टमाटरको मुल्य प्रति केजी रु २५ ले बिक्रि भइरहेको छ । बजारमा पाइन्ने टमाटर भन्दा सस्तो र अग्र्यानिक भएकोले अहिले झिलझिले, दुधे, डुडामारी र धरमपुरबाट खरिदका लागि ग्राहकहरु आइरहने गरेको अध्यक्ष इजमले बताए ।

संस्थाले आफ्ना सदस्य एबम् समग्र उपभोक्ताहरुको स्वास्थ्य सेवाका लागि तरकारी उत्पादन गरेको बताए । उचित मूल्य तिरेर पनि शुद्ध खाद्यान्न र तरकारी किन्न नपाएकाले विषादीमुक्त खाद्यान्न र तरकारीहरुको बजार बिस्तारका लागि सहकारी संस्थाले तरकारी उत्पादन सुरु गरेको हो ।

Facebook Comments