युभेन्ट्सका मिडफिल्डरलाई कोरोनाभाइरस

40

एजेन्सी (काठमाण्डौं), ५ चैत–इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लासी माटुइडीलाई कोरोनाभाइरस भएको छ ।

फ्रेन्च फुटबल टिमका मिडफिल्डर समेत रहेका उनलाई कोरोना भएको क्लबले पुष्टि गरेको हो । उनी कोरोनाको संक्रमण हुने युभेन्ट्सका दोस्रो खेलाडी हुन् । यसअघि डिफेन्डर ड्यानिले रुगानीलाई पनि कोरोना भएको पुष्ट भएको थियो ।

ब्लासी क्लबका पहिलो रोजाइका खेलाडी हुन् । उनी गत बुधबारदेखि आइसोलेसनमा बसेका छन् ।

कोरोनाका कारण इटाली अहिले ठप्प छ । सार्वजनिक स्थानमा भेला हुन र सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको छ । खानेकुरा र औषधीको पसलबाहेक अन्य बन्द गरिएका छन् । कोरोनाका कारण सिरि ए अप्रिल ३ सम्मका लागि स्थगित छ ।

Facebook Comments