टेलिकमको रिङव्याक टोनमा कोरोना सन्देश

55

काठमाडौं, ६ चैत–नेपाल टेलिकमले कोभिड–१९ को संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा कोरोना सन्देश दिन थालेको छ । नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो ।

टेलिकमले अन्य नम्बरमा सम्पर्क गर्दा तथा ३२१०० नम्बर डायल गरी निःशुल्क रुपमा कोभिड–१९ बारे जानकारीमूलक सामग्री सुन्न सकिने व्यवस्था गरेको टेलिकमले जाएको छ ।

उक्त नम्बरमा कल गरेपछि कोरोना भाइरस के हो, यसका लक्षणहरु, यो कसरी फैलिन्छ, बच्ने तरिका, उपचार विधि, अपनाउनु पर्ने सावधानीबारे जनचेतना सन्देश दिएको छ ।

Facebook Comments