रियल मड्रिडका पूर्व अध्यक्षको कोरोनाका कारण निधन

38

एजेन्सी (काठमाडौं), ९ चैत-स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसका कारण निधन भएको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका रियल मड्रिडका पूर्व अध्यक्ष ७६ वर्षका सान्जको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए ।

सो अवधिमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो । सान्जको निधनबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्वीट गरेर जानकारी दिएका हुन् ।

सन् २००० मा उनी अध्यक्षका लागि भएको चुनावमा फ्लोरेन्टिनो पेरेजसँग पराजित भएका थिए ।

Facebook Comments