बक्सर मेरीकोमलाई कारबाही गर्न माग

128

एजेन्सी, १० चैत–भारतकी चर्चित महिला बक्सिङ खेलाडी मेरिकोम पछिल्लो समय विवादमा तानिएकी छन् । उनले क्वारेन्टाइन छोडेपछि विवादमा तानिएकी हुन्। उनलाई कारबाही गर्न माग गरिएको छ ।

यद्यपि, मेरीकोमले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएकी छन् । मेरिकोममाथि कोरोना भाइरसको करेन्टाइन नियम तोडेको आरोप लागेको छ । व्यक्तिको सुरक्षासँग जोडिएको यो प्रोटोकल तोड्दै मेरिकोम राष्ट्रपति भवन गएकी थिइन् । जसको पछिल्लो समय चर्को आलोनचना भइरहेको छ । मेरिकोम केही समयअघि जोर्डनमा भएको एसिया–ओसियाना ओलम्पिक छनोटमा प्रतिस्पर्धा गरेर फर्किएकी थिइन् ।

विदेशबाट फर्किएका व्यक्ति अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम भारत सरकारले बनाएको छ । तर, यो समयभन्दा अगाडि नै मेरिकोमले राष्ट्रपतिलाई भेटेकी थिइन् । त्यसपछि उनको आलोचना भएको हो ।

भारतमा बढ्दो कोरोना संक्रमणका कारण अहिले स्टारहरुले सानो गल्ती गरे पनि तारो बन्दै आएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले मार्च १८ मा उत्तर प्रदेश तथा राजस्थानबाट आएका सांसद्लाई भेट्न निम्ता दिएका थिए।कार्यक्रममा मेरिकोम पनि सहभागी थिइन् ।

मेरिकोम मार्च १३ मा जोर्डनबाट भारत फर्किएकी थिइन् । उनी २७ मार्चसम्म आइसोलेसनमा बस्नुपर्ने थियो ।

Facebook Comments