शिबसताक्षीभित्र सञ्चालित सहकारी संस्थाद्धारा ‘कोरोना भाइरस’को त्राससँगै ‘सेवा कटौटी’

252
शिबसताक्षी–८ झिलझिलेस्थित भएको साइनो बचत तथा ऋण सहकारी संस्थाको कार्यालय

झिलझिले, १० चैत–विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउन झापाको शिबसताक्षीका सहकारी संस्थाहरुले आफ्नो ‘सेवामा कटौटी’ गर्ने भएको छ ।

शिबसताक्षी नगरपालिकासहकारी शाखाले नगरभित्रका सञ्चालित सहकारी संस्थाका प्रतिनिधिसहितको सोमबार सम्पन्न भेलाले कोभिड–१९ बाट बच्न र बचाउन सेवा कटौटी गर्ने भएको निर्णय गरेको हो ।

२५ जना भन्दा बढी भेला गर्न र आवश्यक काम बाहेक अन्य काममा बाहिर निस्कन नहुने भएसँगै सहकारी संस्थाले आफ्नो दैनिक सेवा सञ्चालनमा कटौटी गर्ने भएको हो । हाल, शिबसताक्षी नगरमा बचत तथा ऋणसँगै कृषि र बहुदेश्यीयसहित दुई दर्जन बढी सहकारी संस्थाहरु सञ्चालन भइरहेका छन् ।

शिबसताक्षीको दुधे खुद्रा बचत तथा ऋण सहकारी संस्था, छिमेकी बचत तथा ऋण सहकारी संस्था, साइनो बचत तथा ऋण सहकारी संस्था, हाम्रो हात्तेमालो कृषि सहकारी संस्था, शुत्ररबारे कृषि सहकारी संस्था, धरमपुर बचत तथा ऋण सहकारी संस्था, नगदेबाली कृषि सहकारी संस्था, सानो किसान कृषि सहकारी संस्था, सेवारो बचत तगा ऋण सहकारी संस्था, माइबेनी बचत तथा ऋण सहकारी संस्था, जनआस्था बचत तथा ऋण सहकारी संस्था, लगायत माधधार, शिबगञ्ज, जनता, बोलोचौक, पाँचगाछी, पाराबारी, चन्द्रडाँगीमा सहकारी संस्थाहरु छन् ।

यसैबीच, शिबसताक्षी–८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थाले बुधबारदेखी बजार प्रतिनिधिहरुलाई नगद सङ्कलन गर्न घर, पसल वा फर्म (कम्पनी) मा नपठाउने भएको छ । संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बोका अनुसार माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउन यस्तो निर्णय गरेको हो । उनले झिलझिलेस्थित कार्यालयबाट दैनिक १० बजेदेखी १२ बजेसम्म सेवा सञ्चालन गर्ने भएको बताए ।

संस्थाका उपाध्यक्ष बिशाल शेर्माका अनुृसार चिनबाट सुरु भएको सङ्क्रमण यतिवेला बिश्वको १ सय ५० वढी मुलुकहरुमा बढ्दै गइरहेको छ । यो समस्या एक जनाको मात्र नभएर देश र नागरिकको साझा भएकोले सहकारी संस्थाहरुले पनि यसमा साथ सहयोग गर्न आवश्यक ठानेर नियमित सेवालाई कटौटी गर्नुपरेको बताए ।

शेर्माले साइनो बचत तथा ऋण सहकारी संस्थाको धरमपुरस्थित मंगलबारे सेवा केन्द्रलाई पनि अर्को सुचना नभएसम्म बन्द गरिएको बताए । गत मंसिरमा सेवा केन्द्र विस्तार गरिएको मंगलबारे्बाट प्रदान गर्ने सेवालाई झिलझिलेबाट नै सेवा प्रदान गरिने संस्थाका उपाध्यक्ष शेर्माले बताए ।

यता, संस्थाकी प्रमुख व्यवस्थापक दिलकुमारी फागो मगरले संस्थामा बचत गर्ने सदस्यहरुले आफ्नो जम्मा बचत रुपैयाबाट हाललाई १० प्रतिशत झिक्न वा फिर्ता लिन सकिने बताईन् । उनले धरमपुरस्थित मंगलबारे सेवा केन्द्रबाट हुने सेवा समेत झिलझिलेस्थित मुख्य कार्यालय मार्फत नै सेवा दिने बताईन् ।

Facebook Comments