सांसद महेन्द्रकुमारी लिम्बुद्धारा एक महिनाको भाडा मिनाहा

75
फाइल तस्विर/संघीय सांसद महेन्द्रकुमारी लिम्बु

दमक ,१२ चैत–नेपाली कांग्रेसकी नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले कोरोना भाइरसको त्रासले व्यवसायीका आ–आफनो व्यापार, व्यवसाय चौपट परेको भन्दै एक महिनाको भाडा मिनाहा गरिदिएकी छिन् ।

सामाजिक सञ्चालनमा पोष्ट गरि लिम्बुले व्यवसायीलाई परेको मर्का प्रति गंभीर वन्दै एक महिनाको नियमित मासिक भाडा मिनाहा गर्ने घोषणा गरेकी हुन् ।

लिम्बुको दमकसहित उर्लावारीमा घर छ । उनले त्यहाँ वस्दैआएका व्यवसायीको मासिक एक महिना भाडा मिनाहा गरेकी उल्लेख गरेकी छन् ।

प्रजातान्त्रिक आन्दोलनका सेनानी समेत रहेका दिवंगत आफना बुवा मुगाधन र आमा कृष्णकुमारी राईको स्मृतिमा प्रतिष्ठान स्थापना गरि त्यसमार्फत उनले परोपकारी विभिन्न सामाजिक गतिविधिहरु गरिआएकी छन् ।

Facebook Comments