लकडाउन उल्लंघन गर्नेलाई झिलझिले प्रहरीले नियन्त्रणमा लिदैं, संचेत गराउदै छाड्दैं

205

झिलझिले, १२ चैत–अत्यावश्यक काम बाहेक बाहिर निस्कन सरकारले प्रतिबन्ध गरेको आज दोस्रो दिन झापाको शिबसताक्षी नगरपालिकास्थित झिलझिलेमा ट्राफिक प्रहरी कार्यालय झिलझिलेले १ सय ५ थान मोटरसाइकल र अट्टो टेम्पो नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई साँझ पाँच बजे कोरोना भाइरस (कोभिड–१९) को सक्रमणबाट सावधानी अपनाउदै सरकारले चैत ११ गते मंगलबारबाट लक–डाउन अन्तर्गत घरमा बस्न जानकारी गराएर छाडेका थिए ।

लकडाउन उल्लघंन गर्ने स्कुटी १५ वटा, मोटरसाइकल ८५ वटा र अट्टो टेम्पो ५ वटा गरेर जम्मा १ सय ५ वटा सवारी साधनहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी प्रमुख प्रनि कोमलप्रसाद ठाकुरले जानकारी दिए ।

पूर्वपश्चिम लोकमार्ग अन्र्तगत झिलझिले, धरमपुर, डुडामारी, दुधे, माइधारमा मंगलबारदेखी नै ट्राफिक प्रहरीले सक्रियता देखाएका थिए । मंगलबार पनि एक सय बढी मोटरसाइकल, अट्टो टेम्पो र कार नियन्त्रणमा लिएर सोधपुछ गरेर छाडिएको ट्राफिक प्रहरी बिजय ढुङ्गेलले बताए ।

ट्राफिक प्रहरी सहायक निरिक्षक गणेश श्रेष्ठको कमाण्डमा बुधबार झिलझिलेस्थित लोकमार्गमा आवत जावत गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको थियो ।

यसरी नियन्त्रणमा लिइएका सवारी साधनका चालक र यात्रुहरुलाई साँझ ५ बजे छोडिएको छ । उनीहरुलाई लक डाउनको समयमा अव यस्तो गल्ति नगर्ने शर्तसहित छोडिएको छ, ट्राफिक प्रहरी बिजय ढुङ्गेलले भने–’विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सक्रमणबाट बच्न र बचाउन नागरिक स्वयमले सकारात्मक भूमिका खेल्ने प्रतिवद्धता गरिएको छ ।’

नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरूलाई नसरोस भन्नाका लागि सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ११ गते बिहान ६ बजे मङ्गलवारदेखि चैत १८ सम्म लागू हुने गरी पुरै देश लकडाउन गर्ने निर्णय गरेको हो ।

Facebook Comments