हिमाली गाउँ प्रवेशमा रोक, गाउँ प्रवेश गर्ने सवै सडकहरु बन्द

462

धरमपुर, १३ चैत–सरकारले जनहितमा जारी गरेको सेल्फ क्वारेन्टाईन अन्तर्गत लकडाउनको तेस्रो दिन आज बिहिबार झापाको शिबसताक्षी–२ र ३ मा स्थानीयले गाउँ प्रवेशमा रोक लगाएको छ । साविक धरमपुर गाविसको वडा नं ५ र ४ मा पर्ने दुईवटा क्लबले संयुक्त रुपमा कोरोना भाइरस (कोभिड–१९) को सक्रमणबाट बच्न र बचाउन गाउँ प्रवेशमा रोक लगाएको हो ।

हिमाली समाज सेवा क्लबका अध्यक्ष मनि राईका अनुसार नाइन स्टार क्लबको सहयोगमा शिबसताक्षी वडा नं २ र ६ को सीमानामा पर्ने बनियानी खोलाहुदै गाउँ प्रवेश गर्ने दुई स्थान र वडा नं २ र ३ जोड्ने ढाँधर खोल्सी हुदै गाउँ प्रवेश गर्ने दुई स्थानसहित वडा नं २ को नहर चौकमा प्रेशमा रोक लगाएको हो । सडकमा उनीहरुले बाँसले घेराबारा गेर कोरोना भाइरसको सक्रमणबाट आफु पनि बाँचौ र अरुलाई पनि बचाऔं भन्ने शन्देश मुलक प्लेकार्ड राखेका छन् ।

अध्यक्ष राईका अनुसार हिजो बुधबार सम्पन्न क्लबको बैठक अनुसार सडक प्रशेमा रोक लगाउने निर्णय गरेको हो । उनले यो महामारी र सकंटबाट बच्न यस्तो निर्णय गर्नुपरेको बताए । यसमा सवैले सहयोग गर्दै सवै आ–आफ्नो सुरक्षामा बस्न समेत अध्यक्ष राईले आग्रह गरे ।

वडा नं ६ को हल्दिबारी गाउँहुदै प्रवेश गर्ने बनियानी खोलाको पुल, वडा नं ६ को फर्सेडाँगीहुदै प्रवेश गर्ने खेसाङ चौक, वडा नं ३ को साधुचौक र वडा नं ३ कै जनज्योती चौक हुदै प्रवेश गर्ने सडकमा नाइन स्ट्रार क्लबसँगको सहकार्यमा बन्द गरिएको सामाजिक अगुवा एबम् हिमाली समाज सेवी क्लबका उपाध्यक्ष भुवन राईले जानकारी दिए । उनले वडा नं २ को मंगलबारे बजारहुदै सयपत्री चौक, धौलीचौक र पश्चिम दक्षिण क्षेत्रबाट आउने नहर चौकमा हिमाली समाज सेवा क्लबको पहलमा सडक बन्द गरिएको बताए ।

सडक प्रवेश रोक अभियानमा हिमाली समाज सेवा क्लबका पूर्वअध्यक्ष एबम् वडा नं २ का जनप्रतिनिधि कुमार राई लगायत हिमाली समाज सेवा क्लबका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments