बिरामी भएको नक्कल गर्ने ५ जनासहित एम्बुलेन्स र चालक झिलझिले प्रहरीको नियन्त्रणमा

804

झिलझिले, १३ चैत–झापाको झिलझिलेमा बिहिबार प्रहरीले एउटा एम्बुलेन्स पक्राउ गरेको छ । भद्रपुरबाट बिरामी बोकेर आउदै गरेको को २ च १२६६ नम्बरको एम्बुलेन्स झिलझिलेमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले ११ चैत मंगलबारदेखी कोरोना (कोभिड १९) बाट बच्न र बचाउन सेल्फ क्वारेन्टाईनमा बस्न गरेको लकडाउनको उल्लघंन गर्दै नक्कली बिरामीको अभिनय गर्ने एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको हो ।

टाफिक प्रहरी कार्यलय झिलझिलेका बिजय ढुङ्गेलका अनुसार बिराटनगरमा सञ्चालित सो एम्बुलेन्स झापाको भद्रपुरबाट पश्चिमतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्नेक्रममा नक्कली बिरामीसहित चालक अजय सरदारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको हो ।

बिराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रष्टको उक्त एम्बुलेन्स भारत सरकारले दिएको हो । चालक सरदारले भने–आफुलाई बिरामीको नाटक गरेर यात्रुले बेइमान गर्यो ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी प्रमुख प्रनि कोमलप्रसाद ढाकुरले भद्रपुरबाट फर्कदा नक्कली बिरामी सहित ५ जना यात्रु बोकेर बिराटनगर जाने क्रममा एमुलेन्स सहित चालक प्रहरीको नियन्त्रणमा परेका हुन ।

नियन्त्रणमा लिएको एम्बुलेन्स र चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको छ । प्रहरीले विरामीको कागजात माग्ने क्रममा यात्रु मध्येका एक जना किशोरलाई अन्य यात्रुले हत्तपत्त सुताएको थाहा पाएपछी उनिहरु नक्कली बिरामी हुन भन्ने बुझिएको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिएका छन ।

एम्बुलेन्समा एकै परिवारका सदस्य थिए । उनिहरु भद्रपुरस्थित ससुरालबाट बिराटनगरस्थित घर जादै थिए । प्रहरीका अनुसार चालकले बिराटनगरसम्मको भाडा ९ हजारमा बन्दोबस्त गरेको बुझिएको छ । भद्रपुरबाट विराटनगरको एम्बुलेन्स भाडा ४३ सय मात्र हो ।

Facebook Comments