लकडाउन समयभरि दमक सव्जी तथा फलफूलवजार वन्द

333

दमक, १३ चैत–कोरोना भाइरस (कोभिड १९) को संक्रमणका त्रासका कारण दमक–६ देबकोटा चौकस्थित नयाँ सव्जीवजार आजदेखि वन्द भएको छ ।

सव्जीवजार तरकारी तथा फलफूल व्यवसायी संघका सचिव बिपिन बस्नेत बस्नेतका अनुसार आजदेखि व्यवसायीहरुको सुरक्षाका कारण सव्जी तथा फलफूल वजार बन्द गरिएको हो । लकडाउन समयभरि आफना व्यापार,व्यवसाय सञ्चालन नगर्ने भएको त्यहाँका व्यवसायीहरुले वताएका छन् ।

संघका सचिव रहेका सब्जि बजार कृषि सहकारी संस्थाका अध्यक्ष बस्नेतले ‘दमकको इतिहासमा यो पहिलो पटक सब्जि तथा फुलफूल बजार बन्द हो ।’ ‘अहिलेसम्मको राजनीतिक घट्ना क्रममा ठूलठुला आन्दोलन र करफर्यूमा समेत दमकको नयाँ सब्जि तथा फलफूल बजार बन्द भउको थिएन’, बस्नेतले भने ।

बस्नेतले सरकारले दैनिक उपभोग्य खाद्य सामाग्री सञ्चालन गर्न आग्रह गरिआएपनि यहाँका व्यवसायीले भने संक्रमणको जोखिम हुन सक्ने भएकाले सव्जी बिक्रीको कारोवार वन्द गर्नुपरेको वताए ।

लकडाउन पछि दुई दिन भने विहान ७ देखि १० वजेसम्म र दिउँसो ४ वजेदेखि ८ वजे साँझसम्म सञ्चालन गरिदैआएको थियो । त्यहाँ दिनमा ६ घण्टा भने वन्द हुदैआएको थियो ।

दमकसहित यस क्षेत्र आसपासको नै सव्जीभण्डारणसहित विक्रीस्थल मानिने वजार पूर्ण रुपमा प्रभावित भएपछि सव्जीको भाउ आकासिएको छ । फ्याटफूट खोलिएका सव्जी पसलमा समेत हरियो सव्जी आयात हुन नसक्दा एक्कासी वजार मूल्य बृद्धि भएको हो ।

सरकारले कोरोना भाइरस भित्रन नदिन गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । लकडाउनका समयमा प्रशासनले अत्यावश्यकबाहेक भिडभाड हुने उद्योग,व्यपार तथा आउतजाउतमा पूर्ण रोक लगाउदैआएको छ ।

लकडाउनका कारण दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिन सुरक्षित तवरले औषधीसहित दैनिक उपभोग्य खाद्य सामाग्री उपलव्ध गराउन आग्रह गरिआएको छ ।

Facebook Comments