बलिउड अभिनेत्री निम्मीको निधन

62

एजेन्सी (काठमाडौं), १४ चैत–बलिउड अभिनेत्री निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बेलुकी उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निम्मी ५० देखि ६० को दशकमा बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक थिइन् । राज कपुरले उनलाई आफ्नो फिल्म बरसात ९१९४९० बाट ब्रेक दिएका थिए । उनले नै उनको नाम नवाब बानोबाट परिवर्तन गरेर निम्मी राखेका थिए ।

अमर, उडन खटोला, आन’ उनका केही अविस्मरणीय फिल्म हुन् । उनले कुन्दन, मेरे महबुब र पूजाके फूलजस्ता फिल्ममा पनि काम गरेकी थिइन् । सन् २००७ मा उनका लेखक श्रीमान् रजाको निधन भएको थियो।

Facebook Comments