क्रिकेटर सन्दीप लामिछानेको ‘कोरोना कोष’मा एक लाख सहयोग

68
सन्दिप लामिछाने

काठमाडौं, १४ चैत–नेपाली क्रिकेटर सन्दीप लामिछानेले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जालमाफर्त उक्त कोषमा सहयोग गरेको जानकारी दिएका हुन् ।

सन्दीपले राहत कोषमा रकम सहयोग गरेको जानकारीसँगै कोरोनाको महामारीबाट बच्न सोसियल डिस्टेन्स मेन्टेन गर्न पनि सुझाव दिएका छन् ।

Facebook Comments