कोरोनाको त्राशः लकडाउनमा विदेशबाट आएका व्यक्ति खोज्दै शिबसताक्षी

136

धरमपुर, १४ चैत–विदेशबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि झापाको शिबसताक्षीमा विदेशबाट फर्किआएका व्यक्तिको खोजी कर्या शुरु गरिएको छ ।

गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन भनेपछि शिबसताक्षी नगरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

अहिलेसम्म शिबसताक्षीमा विदेशबाट आएको संख्या विवरण सङ्कलन भइनसकेको सुचना स्रोतले जनाएको छ । बिदेशबाट फर्किआएको तथ्याङ्क नगरपालिकासँग छैन तर पनि स्थानीयले दिएको रिर्पोट अनुसार बिदेशबाट आएका व्याक्तिको खोजी कार्य भइरहेको छ ।

यसैबीच, शिबसताक्षीबाट हिजो (बिहिबार) साँझमा एक जनालाई नगरपालिका र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी प्रमुख प्रनि कोमल ठाकुरका अनुसार शिबसताक्षी–११ झिलझिलेमा ७ दिन अघि बैदेशिक रोजगारको क्रममा कतारबाट आएका ४१ वर्षका सुरेश तामाङलाई नगरपालिका र प्रहरीको टोलीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखिएको हो ।

प्रहरी निरिक्षक ठाकुरका अनुसार शिबसताक्षी–१० का कुलबहादर बस्नेत, शिबसताक्षी–३ का शेरबहादुर लिम्बू, शिबसताक्षी–८ पुष्णप्रसाट भटटराई, शिबसताक्षी–७ को ओमप्रकाश भट्टराई छन् ।

प्रहरीका अनुसार तामाङ आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा थिए तर पछिल्लो समय सेल्फ क्वारेन्टाईन छाडेर घुमफिरमा बाहिर आएपछि स्थानीयले प्रशासनको सहयोग मागेका थिए ।

Facebook Comments