कोरोना भाइरस बिपद्कोषलाई भण्डारी दम्पतीले दिए रु ५१ हजार

57

दमक, १४ चैत–झापाको कमल गाउँपालिका वडा नम्बर ६ का कृष्ण बहादुर भण्डारी र उनकी श्रीमती जानुकादेवी भण्डारीले गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड १९) बिपद् कोषलाई रु ५१ हजार सहयोग प्रदान गरेका छन् ।

भण्डारी दम्पतीले गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीलाई आज आफ्नै घरमा निमन्त्रणा गरेर सो रकम हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले स्थापना गरेको सो विपत कोषमा सहयोग पुरयाँउन उद्देश्ले आफूले उक्त रकम प्रदान गरेको दाता भण्डारी दम्पतीले वताएका छन् ।

रकम बुझ्दै उपाध्यक्ष शिवाकोटीले विश्वभरि महामारीका रुपमा फैलिदै गएको कोरोनाको रोकथाम र नियन्त्रण गर्न सवै क्षेत्रको सहयोग खाँचो भएको औल्याएका थिए ।

भण्डारी दम्पतीको सहयोगले सबैमा उत्प्रेरणा मिल्ने बिश्वास व्यक्त गर्दे उनले गाउँपालिकाले स्थापना गरेको सो कोषमा रकम सहयोग गरी हातेमालो गर्न सबै गाउँपालिका बासीहरुमा समेत आग्रह गरेका थिए ।

कोषमा उपाध्यक्ष शिवाकोटीले व्यक्तिगत रु २५ हजार उपलव्ध गराएका थिए ।

गत चैत्र १२ मा बसेको गाउँपालिकाको बैठकले कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागी रु १० लाखको कोष स्थापना गर्ने निर्णय गरिएको थियो ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको चैत्र महिनाको तलवको १० प्रतिशित रकम सो कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो ।

Facebook Comments