यस्ता छन् कोरोना संक्रमणका नयाँ ६ लक्षण, नगर्नुस् बेवास्ता

227

काठमाडौं, १५ वैसाख–कोरोना भाइरसको सुरुवाती लक्षणमा सुख्खा खोकी, कडा ज्वरो र स्वास फेर्न समस्यालाई मानिँदै आएको थियो । तर, यो भाइरससँग जोडिएका अन्य नयाँ लक्षण पनि सार्वजनिक भएका छन् । जसको बारेमा अमेरिकाको हेल्थ इन्स्टिच्युट सीडीसी ९सेन्टर्स फर डिजिज एन्ड प्रिर्भेन्स० ले सूचीकृत गरेको हो ।

सीडीसीका अनुसार कोरोना भाइरस हुँदा तीन प्रमुख लक्षणका अलावा अन्य कयौँ लक्षण देखिने गरेका छन् । जसलाई बेवास्ता नगर्न सीडीसीले चेतावनी दिएको छ । सीडीसीले यस भाइरस लागेपछिका ६ नयाँ लक्षणबारे खुलासा गरेको छ । ती अनुसन्दाताले यी सबै लक्षण २ देखि १४ दिनभित्र देख्‍न सकिन्छ ।

१) सीडीसीका अनुसार कोरोना भाइरस लागेपछि मानिसलाई चिसो लागे जस्तो समस्या देखिनेछ। यो लक्षण अन्य बेला पनि हुने संक्रमण जस्तै छ, जसबाट तपाईंलाई सर्दी लागेको महसुस हुन्छ ।

२) कोरोना पोजेटिभ पभएपछि सर्दीसँगै ठन्ड लाग्ने तथा जोर्नी दुख्‍ने जस्ता लक्षण पनि आउन सक्छन्। चिसोका कारण रोगीको शरीर कक्रिने जस्तो समस्या आउँछ ।

३) सीडीसीले बताए अनुसार कोरोनाका बिरामीमा मांसपेशीमा एकदमै पीडा हुने गर्छ । यसअघि पनि विज्ञहरुले कोरोनाले सताउँदा यस लक्षणको चर्चा गरिसकेका छन् ।

४।) कोरोना संक्रमित व्यक्तिको शरीरको चौथा लक्षण भनेको चर्को टाउको दुखाइ पनि हो । चीन र अमेरिकामा देखिएका कयौँ कोरोना पोजेटिभ मानिसहरुमा टाउको दुख्ने समस्या पनि देखिएको छ ।

५) सीडीसीले कोरोना संक्रमित व्यक्तिको गलामा दुखाइसँगै खसखसाउने समस्या पनि आउने जनाएको छ । अहिलेसम्म सार्वजनिक कयौँ मामिलामा गलामा पीडा हुने गरेको पाइएको छ । साथै गला सुन्‍निने समस्या पनि कोरोना संक्रमितहरुमा देखिएको छ ।

६) सीडीसीले आफ्नो रिपोर्टमा कोरोनाका बिरामीको जिब्रोले कुनै पनि वस्तुको स्वाद पहिचान गर्न सक्दैनन् । अहिलेसम्म कयौँ देशमा कोरोनाका बिरामीले खानाको स्वाद थाहा नपाएका घटना सार्वनजिक भइसकेका छन् । उनीहरुले कोरोनाको उपचाका क्रममा जिव्रोले स्वाद थाहा पाउने शक्ति गुमाएको बताएका थिए ।

Facebook Comments