‘एकका लागि एक’ अभियानबाट शिबसताक्षीका बिपन्न परिवारलाई राहत सामाग्री

346

जीवनसिंह राजवंशी शिबसताक्षी, २४ वैसाख-झापाको शिवसताक्षी नगरपालिकामा १ सय जना अति विपन्न वर्ग परिवारलाई राहत वितरण गरीएको छ । कोरोना भाईरसको संक्रमणका कारण गरीएको लकडाउनबाट प्रभावित विपन्न वर्गका १ सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरीएको हो ।

देशव्यापी रुपमा संचालनमा रहेको एक परिवारले एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्र्तगत मङ्लबार शिवसताक्षी नगरपालिकाको वडा नम्बर ८, ९, १० र ११ का ५० परीवार तथा बुधबार (आज) वडा नम्बर ५ मा २० परीवार र वडा नम्बर ६ मा ३० परिवारलाई गरी १ सय परिवारलाई चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्री वितरण गरीएको हो ।

सहारा नेपाल शिवगन्ज सेवा केन्द्र सहयोग समितीका बिमल बस्नेतको संयोजकत्वमा उक्त राहत सामग्री वितरण गरीएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज कार्की, वडा सदस्य बद्रीनाथ खनाल, शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोनाथ मैनाली, नेपाल रेडक्रस सोसाईटी शिवसताक्षी उपशाखाका सभापती नारायण प्रसाद दाहाल, सतासीधाम जेसिज्का उपाध्यक्ष भिम बोहोरा, सहारा नेपाल शिवसताक्षी क्षेत्रीय प्रतिनिधी लोक बहादुर रोका, शिवगञ्ज सेवा केन्द्र सहयोग समिती सदस्य तिलक पौड्याल, गोमा रिजाल, सहारा नेपाल शिवगञ्ज सहारा केन्द्रका प्रमुख टिका बहादुर प्रधान लगायतको शिवगञ्ज सेवा केन्द्र परीवारको उपस्थितीमा राहत सामग्री वितरण गरीएको थियो ।

‘एकका लागि एक’ अभियान अन्तर्गत शिबसताक्षी नगरपालिकामा विभिन्न १५ ओटा संघ संस्थाहरुको प्रत्यक्ष सहयोग रहेको छ ।

Facebook Comments