अमेरिकामा बसोबास गर्नुहुने शिबसताक्षीका अधिकारी दम्पतीले दिए कोरोना नियन्त्रण तथा राहत कोषमा ५१ हजार

606

दमक, २४ वैसाख-झापा शिबसताक्षी ११ बिरान चौक घर भई हालः अमेरिकामा बसोबास गर्नुहुने नारायण प्रसाद अधिकारी र वहाँकी धर्मपत्नि सृजना सिटौला अधिकारीले शिबसताक्षी नगर कोरोना रोकथाम, नियन्त्रण तथा राहत कोषमा रु ५१ हजार सहयोग उपलब्ध गराउनुभएको छ ।

सो सहयोग रुपैया शिबसताक्षी नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमबीच अधिकारीका दाजु फगिन्द्र अधिकारीले नगर प्रमुखलाई हस्तान्त्रण गर्नुभएको छ । नारायण अधिकारीका दाजु फगिन्द्र शिबसताक्षी ११ विरान चौकमा स्थाई बसोबास गर्नुहुन्छ । वहाँ जनस्वास्थ्यकर्मी हुन ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सरकारले जारी गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जीवन यापन गर्ने बिपन्न परिवारहरुको चुलाचौका जोड्न आर्थिक सहयोग उपलब्ध गराइएको अधिकारीका भान्जा बसन्त भण्डारीले हाम्रोसरोकारलाई जानकारी दिए ।

लामो समयदेखी अमेरिकामा व्यवसायसँगै जागिरे जीवन बिताइराख्नु भएका मनकारी सहयोगी दाता अधिकारीले आफ्नो देश वा गाउँघरको समस्या पर्दा सहयोग उपलब्ध गराउनु भएको भान्जा बसन्तले बताए ।

Facebook Comments