किराँत धर्मालम्बीहरुको साकेला थान (माङखिम) मा अज्ञात समुहद्धारा आक्रमणः त्रिशुल जमिनवाट उखुलेर फ्याकिएको र वर–पिपलका विरुवा काटिएको

1312

दमक, २६ असार–किराँत राई समुदायको आफ्नो मौलिक संस्कार–संस्कृति अनुसार विशेष असवरमा पुजा गरिने देवस्थल (साकेला थान, माङ्खिम्) मन्दिरमा अज्ञात समुहले तोडफोड गरेर क्षति पुर्र्याएको छ ।

दमक–१ बुद्ध टोल पूर्व रतुवा खोलाको किनारामा रहेको मन्दिरमा रहेको पाँच फुट अग्लो त्रिशुल जमिनवाट निकालेर फ्याकी दिएको छ भने बर–पिपल र अशोकको विरुवाहरु जथाभावी रुपमा काटिदिएको छ ।

माङखिम (साकेला थान) मा रहेको वर–पिपल र अशोक जातका विरुवाहरु काटेर र त्रिशुल जमिनवाट निकालेर ५० मिटर दक्षिणमा फ्याकिएको अवस्थामा छ । विरुवाहरु काटिएको हेर्दा घट्ना दुई–तीन दिन अघि जस्तो देखिन्छ, किरात राई यायोक्खा दमक नगर सचिव तथा साकेला थान (माङखिम) कोषाध्यक्ष खेमवहादुर राईले भने ।

योघट्ना नियोजित ढंङ्गमा घट्ना घटाइएको हो भन्ने हाम्रो अनुमान छ, सचिव राईले भने–नागरिकको आफ्नो भाषा, धर्म, संस्कार–संस्कृति मान्नु पाउने अधिकारलाई कुण्ठित गर्न यसखाले आक्रमणको विरुद्धमा सजग हुन जरुरी छ ।

यता किराँत राई यायोक्खा दमक नगरका अध्यक्ष बासुदेब राईले घट्नालाई अत्यन्तै खेद प्रकट गरे । यो हुनु ठीक होइन, राईले भने–यो हाम्रो एकता र किराती सभ्यतालाई आक्रमण गरेको हो । हामी यस घट्नामा प्रशासनलाई गम्भिर हुन आग्रह गर्छौं ।

किरातदुईवर्ष अघि निर्माण भएको सो साकेला थान माङखिममा वैशाखे पुर्णिमा र मंसिरे पुर्णिमाको दिन मनाईने साकेला उद्योली र उभौली धुमधामका साथ मनाईदै आइरहेको छ । १५ कठ्ठा जमिनमा अवस्थित साकेला थान, माङखिमलाई वरीपरि तारजालीले घेरावारा गरिएको छ ।

साकेला थान (माङखिम) संचालनको निम्ति छुट्टै समिति निर्मााण भएको छ । समितिमा महेन्द्र चाम्लिङ, उपाध्यक्षमा राजकर्ण राई, सचिवमा कुमार राई र कोषाध्यक्षमा खेमवहादुर राई छन् ।

साझा सम्पती हो, अपराधीलाई कार्वाही गर्न पहल गर्छु, वडाअध्यक्ष अधिकारी

यसैवीच दमक नगरपालिका वडा नं १ वाट वडाध्यक्षमा निर्वाचित तारा अधिकारीले घट्नाको स्थलगत रुपमा अध्यन गरेका छन् । समितिका पदधिकारी, सदस्य र सरोकारवालासंग घट्नाको बारेमा जानकारी लिएका छन् ।

सो क्रममा वडाध्यक्ष अधिकारीले असमाजिक र अराजकत मानसिकतावाट समाज माथि उठेर अघि वढ्नुपर्ने वताए । साँस्कृतिक, धार्मीक र विशेष पहिचानलाई सवैले पालना र सम्मान गर्नुपर्ने अधिकारीले जोड दिए । उनले यस्तो घट्नाका दोसीलाई प्रशासनको दायरामा ल्याएर कार्वाही गर्नपर्ने माग गरे ।

Facebook Comments