लेखक : श्यामसुन्दर सुतिहार

विराटनगर, मंसिर २ गते । नेपालका विभिन्न पहाडी तथा दुर्गम क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, गरिब तथा असहाय बालबालिकालाई उचित संस्कारसहित आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिका-६, मनसापुरमा सञ्चालित राधिका फाउन्डेशनले श्रीमद्भागवत नवाह धनधान्याञ्चल महायज्ञ आयोजना गर्ने भएको छ।
फाउन्डेशनकी अध्यक्ष तथा नेपालकी चर्चित महिला आध्यात्मिक प्रवचनकर्ता एवं भागवत कथा वाचिका ‘भागवत मञ्जरी’ राधिका दासीको अगुवाइमा मंसिर १३ गतेदेखि २१ गतेसम्म महायज्ञ सञ्चालन हुन लागेको हो । महायज्ञको पूर्वसन्ध्यामा आयोजित निमन्त्रणा कार्यक्रममा कोशी प्रदेशका सभासद् एवं धार्मिक व्यक्तित्व भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललगायत विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


महायज्ञअन्तर्गत मंसिर १२ गते बिहान ९ बजे कलश शोभायात्रा निकालिनेछ। मंसिर १३ गतेदेखि प्रत्येक दिन बिहान ७ बजे पाठ पारायण, बिहान ११ बजे भागवत कथा प्रवचन तथा साँझ ७ बजे माहात्म्य एवं झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ।
महायज्ञबाट प्राप्त सहयोग र धार्मिक अनुष्ठानमार्फत फाउन्डेशनको आश्रम सञ्चालन तथा असहाय बालबालिकाको शिक्षा र संस्कारयुक्त भविष्य निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
आयोजक राधिका फाउन्डेशनले पुण्य कार्यमा सहभागी भई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण धर्मप्रेमी, समाजसेवी तथा श्रद्धालु भक्तजनमा आग्रह गरेको छ।
बालबालिकाको शिक्षा र उज्ज्वल भविष्य निर्माण गर्ने अभियानमा सबैको साथ, सहयोग र सहभागिता आवश्यक रहेको फाउन्डेशनकी अध्यक्ष राधिका दासीले बताएकी छन्।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी