
विराटनगर, कार्तिक ३० गते । नेपाली कांग्रेसका प्रदेश उपसभापति रमेश जंग रायमाझीले पार्टीको आगामी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आफ्नो राजनीतिक भूमिका र जिम्मेवारीको मूल्यांकन गर्दै प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन् ।
रायमाझीले निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गर्ने स्पष्ट पारेका छन्। नेपाली कांग्रेसको चारतारे झण्डामुनि गुट–उपगुट नभई सबै नेता तथा कार्यकर्ता एकताबद्ध हुनुपर्ने उनको भनाइ छ। पार्टीभित्र गुटगत राजनीतिभन्दा संगठनको एकता र सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
रायमाझीका अनुसार प्रदेश अधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन्। आगामी मंसिर–पुसभित्रै अधिवेशन सम्पन्न हुने र अधिवेशन विराटनगरमै आयोजना गरिने उनको भनाइ छ। प्रदेश कार्यसमितिमा कोषाध्यक्ष र एक जना सदस्य मनोनयन हुने तथा बाँकी सबै पदाधिकारी र सदस्य निर्वाचन प्रक्रियाबाट चयन हुने उनले जानकारी दिएका छन् ।
राजनीतिक पृष्ठभूमि
रायमाझी नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन् । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट संविधानसभा सदस्य बनेका उनी २०७४ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेताको जिम्मेवारीसमेत सम्हालेका रायमाझी हाल नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति छन् ।
प्रदेश सभापतिका लागि रायमाझीको उम्मेदवारी घोषणासँगै कोशी कांग्रेसको आगामी नेतृत्व चयन थप रोचक बन्ने देखिएको छ। यसअघि नै प्रदेश सभापतिका आकांक्षीका रूपमा डिकबहादुर लिम्बू, उमेश थापा र खड्ग फागोको नामसमेत चर्चामा आइसकेको छ।
उम्मेदवारी घाेषणा सम्बन्धि आयाेजित पत्रकार सम्मेलनमा प्रेस युनियनका उच्चपदस्थ पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेकाे थियो ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी