
जहदा, कार्तिक २८ गते । दुःख र पीडामा परेका बालबालिकाको जीवनमा आशाको दियो बाल्दै विआइसी नेपालले मोरङको जहदा गाउँपालिका-२, मोहनपुर घटनाका पीडित टुहुरा भाइबहिनीहरूलाई राहत तथा सहयोग प्रदान गरेको छ।
संकटको घडीमा सहाराविहीन बनेका बालबालिकालाई सहयोग गर्दै संस्थाले मानवीय सेवाको प्रशंसनीय उदाहरण प्रस्तुत गरेको छ।
पीडित भाइबहिनीको अवस्था र भविष्यप्रति चासो व्यक्त गर्दै जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेनले गाउँपालिका कार्यालय खुल्नासाथ उनीहरूलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनिन्, “हाम्रो कार्यालय खुल्नासाथ यी टुहुरा भाइ-बहिनीलाई सहयोग गर्नेछौँ।” उपाध्यक्ष सोरेनको यो प्रतिबद्धताले पीडामा रहेका बालबालिकाका लागि स्थानीय सरकार पनि साथमा रहेको सन्देश दिएको छ।
त्यस्तै, जहदा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रशेखर कुमार साहले पीडित भाइबहिनीलाई आवश्यक सहयोग तथा संरक्षण उपलब्ध गराउन सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा समाजसेवी बिनिता सिंह र प्रहरी चौकी मझारेकी सहायक निरीक्षक गीता दाहालको समेत उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले पीडित बालबालिकाप्रति सामाजिक तथा संस्थागत चासो र ऐक्यबद्धता झल्काएको छ।
विग नेपालले उपलब्ध गराएको राहतले तत्कालका लागि पीडित भाइबहिनीहरूलाई केही राहत मिलेको छ।
तर, उनीहरूको वास्तविक आवश्यकता राहत सामग्रीमा मात्र सीमित छैन। शिक्षा, स्वास्थ्य, पालनपोषण, सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्नु अहिले सबैको साझा जिम्मेवारी बनेको छ।
एउटा संस्थाको सहयोग, जनप्रतिनिधिको प्रतिबद्धता र समाजसेवीहरूको साथले यी टुहुरा
भाइबहिनीको जीवनमा नयाँ आशा जगाउन सक्छ।
पिडित भाईबहिनी १३ वर्षिय संगिता सुरेन, १० सागर सोरेन, ७ वर्षिय सुरज साेरेनकाे आमा कमली बास्की र भारतको बिहारस्थित कटिहार जिल्लाका २७ वर्षीय सुनील बेश्रा प्रेमीसंग मिलेर कार्तिक २२ गते ४० वर्षिय श्रीमान बुधराम सोरेनको हत्या हत्या गरेकाे आराेपमा पक्राउ परेपछि भाईबहिनीहरू वेसहारा भएका छन् ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी