लेखक : श्यामसुन्दर सुतिहार

विराटनगर, कार्तिक ३० गते । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ मा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज स्थापना गर्ने उद्देश्यले स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको १६७ रोपनी (१३ विगहा) जग्गा सरकारले ओगटेर राखेको तर हालसम्म निर्माण कार्य अघि नबढाएको भन्दै स्थानीयवासी आमरण अनशनमा बस्ने भएका छन् ।
अस्पताल तथा मेडिकल कलेज स्थापनाका लागि जग्गा उपलब्ध गराएको लामो समय बितिसक्दा पनि सरकारले कुनै ठोस काम अघि नबढाएको र पटकपटक सम्बन्धित निकायमा पहल गर्दा समेत सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ। स्वास्थ्य सेवा र शैक्षिक विकासको महत्वपूर्ण योजनालाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको बताएका छन्।
स्थानीय बासिन्दाहरूले कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरकाे अगाडि आमरण अनशन सुरु गरे छन् ।
उनीहरूले अस्पताल तथा मेडिकल कलेज स्थापनाको प्रक्रिया तत्काल अघि बढाउन प्रदेश सरकारसँग माग गरेका छन् ।
“तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले मेडिकल कलेजसहितको १५० शय्याको प्रादेशिक अस्पताल निर्माण गर्ने योजना अघि सारेपछि २०७६/०७७ सालमा स्थानीय बासिन्दाले १६७ रोपनी जग्गा सरकारलाई निःशुल्क उपलब्ध गराएका थिए। तर, सरकार परिवर्तन हुँदै गए पनि अस्पताल निर्माणको योजना भने अझै अलपत्र छ।”

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी