
विराटनगर, मंसिर ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले जनता र सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उद्देश्यसहित मेची-महाकाली पैदल यात्रा सुरु गरेको बताएका छन् ।
झापादेखि विराटनगरसम्मको पैदल यात्रा पूरा गरेपछि विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले पैदल यात्राको मुख्य उद्देश्य भुइँमान्छेका समस्या प्रत्यक्ष रूपमा सुन्नु र ती समस्या सरकारसम्म पुर्याउनु रहेको बताए ।
सिंहले जनताको घरदैलोमा पुगेर उनीहरूका दैनिक समस्या बुझ्न आफूले दैनिक करिब २५ किलोमिटर पैदल यात्रा गर्ने गरेको जानकारी दिए । उनले आफ्नो यात्रालाई ‘६ स’ को सिद्धान्तसँग जोड्दै सिँचाइ, शिक्षा, स्वास्थ्य, सरसफाइ, सुरक्षा र सडकलाई विकासका मुख्य आधारका रूपमा अघि सारेका छन् । यी विषयमा जनताले भोगिरहेका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु यात्राको उद्देश्य रहेको उनको भनाइ छ।
उनले मधेशमा रास्वपाले ७२ सिट प्रत्यक्ष निर्वाचित भएको उल्लेख गर्दै त्यहाँका जनताका विकाससम्बन्धी अपेक्षा पूरा हुनुपर्ने बताए। मधेशमा सरकारी मेडिकल कलेज, इन्जिनियरिङ कलेज र कृषि कलेजको अभाव रहेको औँल्याउँदै उनले उच्च शिक्षाका संस्थाहरूको विस्तार आवश्यक रहेको धारणा राखे ।
हुलाकी सडक निर्माणका विषयमा केन्द्र सरकारको नीतिमाथि प्रश्न उठाउँदै उनले सडक निर्माणले अपेक्षित गति लिन नसक्नु मधेशको विकासमा बाधक बनेको बताए। साथै, गर्मी मौसममा मध्यपहाडी मार्ग हुँदै पैदल यात्रा गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
सिंहका अनुसार मेची-महाकाली पैदल यात्रा केवल दूरी पार गर्ने अभियान नभई जनताको आवाज सुन्ने र त्यसलाई सरकारसम्म पुर्याउने माध्यम हो। शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक, सुरक्षा र सरसफाइजस्ता आधारभूत विषयमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने उनको जोड छ ।
जनताका समस्या प्रत्यक्ष सुनेर नीति निर्माण र कार्यान्वयन तहसम्म पुर्याउने सन्देशसहित उनले आफ्नो यात्रा अघि बढाइरहेको बताएका छन् ।
झापाको मेची नदीबाट माटो लिएकाे र साे माटाे महाकाली नदिमा विसर्जन गर्ने समेत वताएका छन् ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी