लेखक :

विराटनगर, मंसिर ४ गते । पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै नेपाल पत्रकार महासंघले घाेषणा गरेकाे आन्दोलनमा मुख्य तीन पत्रकार सङ्गठनले पूर्ण एक्यवद्धता जनाएका छन् ।
नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई धरपकड गर्ने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गर्दै महासंघ ले घाेषणा गरेकाे आन्दोलनमा एक्यवद्धता जनाएकाे हाे ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा र प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्ती मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप नागरिकको जान्न पाउने अधिकार र लोकतन्त्रमाथिकै प्रहार भएको उल्लेख छ।
सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने, सञ्चार माध्यम र पत्रकारमाथि धरपकड तथा दबाव सिर्जना गर्ने, समाचार सामग्री र सम्पादकीय स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने जस्ता गतिविधि कुनै पनि लोकतान्त्रिक शासन व्यवस्थामा स्वीकार्य हुन सक्दैन । सरकारको आलोचनात्मक भूमिका निर्वाह गर्ने निजी सञ्चार माध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन रोक्ने, लोककल्याणकारी विज्ञापनबापत सञ्चार माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने प्रवृत्ति गम्भीर आपत्तिजनक छ ।
यसैगरी सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा फरक विचार राखेकै आधारमा निष्कासन गर्ने, पेसागत सुरक्षामाथि प्रहार गर्ने प्रयासप्रति हाम्रो गम्भीर आपत्ति छ । निजी सञ्चार माध्यमले पनि पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध नगराएको प्रति पनि चिन्तित भए विज्ञप्तिमा उल्लेख छ ।
प्रेस स्वतन्त्रतालाई संचित गर्ने उद्देश्यले संसद्लाई छलेर प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयाससमेत लोकतान्त्रिक विधि, संसदीय सर्वोच्चता र संवैधानिक प्रक्रियाको मर्मविपरीत भएकाे छ ।
तीन पत्रकार सङ्गठनकाे ७ बुद्वे माग
१. सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने, पत्रकार तथा सञ्चार माध्यममाथि धरपकड, धम्की र दबाब सिर्जना गर्ने कार्य तत्काल बन्द गरी पत्रकारमाथि भएका दुर्व्यवहार र हस्तक्षेपको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही ।
२. संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै पत्रकारलाई निर्भीक, स्वतन्त्र र सुरक्षित रूपमा आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्ने वातावरण सृजना गर्नु आग्रह ।
३. लोककल्याणकारी विज्ञापनबापत सञ्चार माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने निर्णय फिर्ता लिई सञ्चार माध्यमको आर्थिक तथा व्यावसायिक स्थायित्व सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड ।
४. सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई राजनीतिक प्रतिशोध वा विचारका आधारमा निष्कासन गर्ने कार्य तत्काल रोकेर निष्कासित पत्रकारको न्यायोचित पुनर्वहाली, पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न ।
५ प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश फिर्ता लिई प्रेस काउन्सिलको स्वायत्तता र स्वतन्त्रता कायम राख्दै ऐन संशोधन गर्नुपर्ने भए संसद्मा पर्याप्त छलफल र सरोकारवाला पक्षसँग छलफल गरेर मात्र ल्याउन ।
६. निजी सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीले श्रमअनुसारको पारिश्रमिक नियमित रूपमा प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न, बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न तथा श्रमजीवी पत्रकारको श्रम अधिकार र पेसागत सुरक्षाको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गर्दछौं ।
७. नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता ।


नेपाल पत्रकार महासंघले घाेषणा गरेकाे आन्दोलन कार्यक्रममा मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने, मंसिर ५ गते-संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टी प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने, मंसिर ५ र ६ गते-शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने, मंसिर ७ गते-सबै जिल्ला शाखाले सञ्चारसम्वद्ध संघसंगठनसँग छलफल गर्ने, मंसिर ९ गते-जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामुहिक गिरफ्‌तार गर’ भन्ने व्यानरसहित भेला हुने र माग पूरा नभए थप आन्दोलन तय गर्ने पहले नै घाेषणा गरि सकेकाे थियोे ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी